
माया घरमा मन्त्रीलाई स्वागत , न रातो कार्पेट , न फुलमाला : भवन शिलन्यास कार्यक्रममा जे देखियाे
- माघ १९, २०७९ मा प्रकाशित
इटहरी । इटहरीमा कुनै कार्यक्रम गर्नुपर्दा त्यसको चाजो बाझो कस्तो होला ? अझ त्यसमा प्रमुख अतिथी माननिय वा बहालवाला मन्त्री नै भइदिए तयारी कहा सम्मको गरिएला ?आफै अनुमान लगाउनुस ।इटहरी जस्तो शौखिनहरूको शहरमा कुनै कार्यक्रम गर्नुपरे प्रमुख अतिथीलाइ रातो कार्पेट बिछ्याएर,फुलमाला खादा लगायत अन्यले स्वागत गर्नैपर्छ ।
तर बिहीबार इटहरीभित्रै एक कार्यक्रम सम्पन्न भएको छ । जहा प्रमुख अतिथीलाई न कुनै कार्पेट , न फुलमाला न अविर जात्रा सामान्य स्वोभावमै कार्यक्रम सम्पन्न गरीयो । महिलाहरूले सञ्चालन गरेको कार्यक्रममा प्रमुख अतिथी देखि सबै अतिथीहरू महिलाहरू नै रहेका थिए । फाट्टफुट्ट पुरूषको सहभागिता देखिएपनि कार्यक्रम महिला मैत्री बनेको थियो । कार्यक्रमकी प्रमुख अतिथी रहेकि थिइन बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी उनलाई आयोजकले कुनै ताम झाम नगरी सामान्य अवस्थामै स्वागत गरेका थिए । कार्यक्रमस्थलमा सजिएका स्टेज , महंगा सोफा सेट त्यस्तो केहि थिएन । थियो त सबै प्लास्टिकका कुर्शी । उपस्थित सबै बिशिस्ट अतिथी देखि अतिथीहरूले त्यहि कुर्सीमा बसेर कार्यक्रम समापन गरेका थिए ।

यसै बिच सुनसरीको इटहरी उपमहानगरपालिका २ स्थित माया घर नेपालको नयाँ भवन शिलन्यास कार्यक्रम सम्पन्न भएको छ ।बिहीबार महिला,बालबालिका तथा ज्येस्ठ नागरिक मन्त्री भगवती चौधरीले भवनको शिलन्यास गरेकि हुन । कार्यक्रमकि प्रमुख अतिथी समेत रहनुभएकी मन्त्री चौधरीले शिलन्यास पछि नेपाल सरकारले महिला बालबालिका तथा ज्येस्ठ नागरिक र अल्पसंख्यक नागरिकहरूकालागि बिभिन्न उपयोगी योजनाहरू ल्याउने बताइन ।

देशलाइ सडक मानव मुक्त बनाउने दौडमा लागेको माया घर नेपालको काम साच्चै नै प्रसंशनीय रहेको भन्दै मन्त्री चौधरीले भवन निर्माणमा पनि सहयोग गर्ने प्रतिवद्धता जाहेर गरिन । उनले सरकार र आफ्नो तर्फबाट माया घर नेपाललाइ सक्दो सहयोग गर्ने प्रतिवद्धता जाहेर गरिन । साथै उनले आफ्नो तर्फबाट तत्काल ५० थान म्याट र २ थान फिल्टर उपलब्ध गराइन । माया घर नेपालको अवलोकन गर्दै उनले पिडादायी जिवन ब्यतित गर्दै आएकाहरूलाइ शरण दिएर राखेको देख्दा केहि क्षण भावुक पनि बनिन । मन्त्री चौधरीले केहि संग भलाकुसारी पनि गरेकि थिइन ।

त्यस्तै कार्यक्रमकी बिशिस्ट अतिथी सुनसरीको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले आफु सुनसरी आउनु अघिनै माया घरको बारेमा सुनेको र आज प्रत्यक्ष देख्न पाउदा खुशि लागेको बताइन । उनले प्रसाशन र आफ्नो ब्याक्तीगत तर्फबाट गर्न सक्ने सक्दो सहयोग गर्ने प्रतिवद्धता जाहेर गरिन । त्यस्तै एक नं प्रदेश सांसद मिना श्रेष्ठले पनि व्याक्तिगत तवरवाट गर्न सकिने मान उद्धारका कामहरूमा सदैव तत्पर रहने प्रतिवद्धता जनाइन ।

कार्यक्रम माया घर नेपालकि संस्थापक अध्यक्ष राधिका दाशिको सभापतित्वमा सुरू भएको थियो भने संस्थापक सदस्य कमला खडकाको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा प्रमुख अतिथी देखि बिशिस्ट र अन्य अतिथीहरू समेत महिला ने रहेका थिए । माया घर नेपालकी सचिव सुभद्रा प्याकुरेलका अनुसार ५ करोड २९ लाखको लगानी सहित तिन तले पककी भवन निर्माणार्थ बिहीबार शिलन्यास कार्यक्रम सम्पन्न भएको हो । महिलाहरूको साहश र परिश्रमले जन्माएको माया घर नेपालमा हाल १३२ जनाले आश्रय लिदै आएका छन । बिभिन्न कारणवस सडकमा जिवन ब्यतित गर्न बाध्य भएकाहरूलाइ माया घर नेपालले संरक्षण दिदै आएको छ ।
यसैबिच माया घर नेपालको नयाँ भवन निर्माणकालागि इटहरीका समाजसेवि तथा सेन्ट्रलप्लाजाका सञ्चालक राजेस श्रेष्ठको परिवारले रू ३ लाख ३ हजार प्रदान गरेको छ । त्यस्तै इटहरीकि व्यवसायी बालिका भट्टराइले ब्याक्तीगत ५१ हजार रूपैया प्रदान गरेकि छिन । भवन निर्माणार्थ माया घर नेपालले सबैसंग सहयोग माग गरेको छ ।



सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ३, २०८२ताप्लेजुङबाट एक वर्षअघि हराएका ११ ल्यापटप माटोमा गाडिएको भेटियो
-
ताजा जेष्ठ ३, २०८२बंगालको खाडी र अरब सागरको हावा नेपालमा : वर्षा र हिमपातको सम्भावना
-
ताजा जेष्ठ ३, २०८२रविन्द्र मिश्रलाई जिल्लामा हतकडी, सर्वोच्चमा खाली
-
ताजा जेष्ठ ३, २०८२आफ्नै उत्पादनसँग बजारीकरण र वितरणलाई अन्तरसम्बन्धित बनाउन निर्देशन
-
ताजा जेष्ठ ३, २०८२साउदीमा कामविहीन नेपाली कामदारलाई स्वदेश फर्काउने पहल सुरू
Comments