•  ९ चैत्र २०८१
  •  9:34:57 PM

माया घरमा पशुपतिका मुल भट्ट गणेशकाे आगमन : बिराटनगर बिमानस्थलमा भब्य स्वागत

- फाल्गुन २२, २०७८ मा प्रकाशित



इटहरी । सुनसरीको इटहरीस्थित बेसहाराहरूलाइ संरक्षण गर्दै आएको माया घर नेपालमा २१ गते शनिबारदेखि सुरू भएको सातदिने ऐतिहासिक श्रीमद् भागवत जीवन दर्शन ज्ञान महायज्ञको अवलोकन तथा सहभागि जनाउन काठमाण्डौस्थित पशुपतिनाथ मन्दिरका मुल भट्ट गणेश भट्टको आगमन भएको छ ।

माया घर सहयोगार्थ आयोजित महायज्ञमा सरिक हुन पाल्नुभएका पशुपतिका मुल भट्ट गणेश भट्टलाइ आइतबार माया घर नेपाल इटहरीमा मानसिक रोगी तथा विभिन्न कारणले सडकमा जीवन विताउदै आएकाहरुलाई उद्धार गरि संरक्षण दिदै आएको माया घर नेपालका संरक्षक भागवत मञ्जरी राधिका दाशि सहित प्रतिनिधि तथा पदाधिकारीले आइतबार भट्टलाइ भब्य स्वागत गरेका हुन ।

भट्टले महायज्ञमा सहभागिता जनाउदै माया घरको अवस्थाबारे पनि बुझ्ने जनाइएको छ । नेपाललाइ सडक मानव रहित बनाउने उद्येस्य सहित आयोजना गरिएको महायज्ञमा १ लाख भक्तजनहरूलाइ भित्र्याइने लक्ष्य लिइएको जनाइएको छ । मायाघरमा आश्रिातहरुलाई शिक्षा देखि बिभिन्न क्षेत्रमा सेवा पुर्याउने उद्येश्यका साथ आवश्यक पर्ने रकमका लागि अक्षयकोष स्थापना गरी श्रीमद् भागवत जीवन दर्शन ज्ञान महायज्ञको आयोजना गरिएको जनाइएको छ ।

महायज्ञबाट रू १ करोडको अक्षयकोष स्थापना गर्ने लक्षय लिइएको छ भने कम्तिमा १ लाख भक्तजनहरूले अवलोकन गर्ने लक्ष्य लिइएको जनाइएको छ ।वि।सं।२०७४ सालमा हिसां पिडित तथा मानसिक रोगी महिलाहरुलाई आश्रय दिने मुख्य उद्धेश्यले स्थापना गरिएको मायाघर नेपालले हाल सम्म ४हजार बढी मानिसहरुलाई पुनस्थापना तथा परिवार मिलन गराउन सफल भइसकेको छ । हाल माया घर नेपालमा एक शय १५ जनाले आश्रय लिदै आएका छन ।

Comments

सम्बन्धित खवर