
माया घरकि अध्यक्ष प्याकुरेललाई एकै दिन दुइ बिद्यालयले गर्याे सम्मान
- फाल्गुन १६, २०८१ मा प्रकाशित

इटहरी । सुनसरीकाे इटहरीस्थित माया घर नेपालकी अध्यक्ष सुभद्रा प्याकुरेललाइ शुक्रबार एकै दिन दुइ वटा निजि बिद्यालयले बेग्ला बेग्लै सम्मान गरेकाे छ । इटहरीस्थित सिटि मन्टेस्वरीले शुक्रबार वार्षिकोत्सव तथा अभिभावक भेलाकाे अवसर पारेर अध्यक्ष प्याकुरेललाइ सम्मान गरेकाे छ भने साेहि दिन इटहरीकै कस्तुरी एकेडेमीले पनि अठाराै अभिभावक दिवसकै अवसर पारेर सम्मान गरेकाे हाे ।
सुनसरीको इटहरीस्थित सिटि मन्टेस्वरीले शुक्रबार विभिन्न कार्यक्रमहरू गर्दै वार्षिकोत्सव तथा अभिभावक भेला सम्पन्न गरेको छ। वार्षिकोत्सवकै अवसर पारेर विद्यालयले सामाजिक क्षेत्रमा अहोरात्र खटिएर सडक मानवहरूको उद्धार तथा पुनःस्थापनामा उल्लेखनीय भूमिका खेलेको भन्दै माया घर नेपालकी अध्यक्ष शुभद्रा प्याकुरेललाई सम्मान गरेको छ।
विद्यालयका अध्यक्ष लेखनाथ घिमिरेको अध्यक्षतामा सम्पन्न भेलामा माया घर नेपालकी अध्यक्ष प्याकुरेललाई दोसल्ला र कदर पत्रसहित सम्मान गरिएको हो। विभिन्न समयमा सामाजिक क्षेत्रमा सक्रिय व्यक्तित्वहरूलाई वार्षिकोत्सव तथा अभिभावक दिवसकै अवसर पारेर विद्यालयले सम्मान गर्दै आएको छ।
सम्मान ग्रहण गर्दै अध्यक्ष प्याकुरेलले संस्थाको स्थापना उद्देश्यबारे चर्चा गरेकी थिइन्। उनले इटहरी र कोशी प्रदेश मात्र नभई देशभर अलपत्र परेर सडकमा कष्टकर जीवन बिताउन बाध्य असहाय मानवहरूको उद्धारमा समग्र टिम नै लागिपरेको बताइन्। सामाजिक क्षेत्रमा काम गर्दा पाइने सम्मानलाई उनले आशीर्वादको रूपमा लिएको र यसले थप ऊर्जा प्रदान गरेको उल्लेख गरिन्।
कार्यक्रममा साना विद्यार्थीहरूले आफू बसेको घर, टोलमा सरसफाइ नगर्दा तथा जथाभावी फोहोर फाल्दा मानव स्वास्थ्यमा पर्ने नकारात्मक प्रभावबारे चेतनामूलक नाटक प्रस्तुत गरेका थिए।इटहरी उपमहानगरपालिका वडा नं. ४ का वडा सदस्य अमृत बस्नेतको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा ३०० भन्दा बढी अभिभावकहरूको उपस्थिति रहेको थियो।
त्यस्तै इटहरीस्थित कस्तुरी एकेडेमीले शुक्रबार १८ अाै अभिभावक दिवश भब्यताका साथ सम्पन्न गरेकाे छ । स्कुलकाे प्राङगणमा अायाेजित अभिभावक दिवशमा बिभिन्न विधाबाट इटहरीलाइ चिनाउन महत्पुर्ण भुमीका निर्वाह गर्ने बिभिन्न सामाजिक ब्याक्तित्व सहित तिन जना सञ्चारकर्मीहरूलाइ सम्मान गरिएकाे थियाे ।
यसरी सम्मानित हुनेहरूमा लामाे समयदेखि गायन क्षेत्रमा रहि सांगेतिक दुनीयाकाे मनाेवल बढाउन महत्वपुर्ण भुमिका निर्वाह गरेका रंगकर्मी रमेस कुमार विस्ट , खेलकुद बिकासमा अहाेरात्र लागि परि इटहरीलाइ क्षेत्रीय रंगशाला बनाउन बिशेष सहयाेग र भुमीका खेलेका राष्ट्रिय खेलकुद परिषदका पुर्व सदस्य सचिव केशव कुमार विस्ट , गायन क्षेत्रमा बेग्लै पहिचान बनाइ इटहरीकाे नाम अन्तराष्ट्रय स्तमा पुर्याएर याेग्दान दिएका लेखनाथ ( चण्डीका ) निराैला , सडक मानवकाे उद्धार तथा पुनःस्थापनामा अहाेरात्र खटिएर समाजमा उल्लेखनीय याेग्दान पुर्याउने माया घर नेपालकी अध्यक्ष सुभद्रा प्याकुरेललाइ सम्मान दाेसल्ला अाेढाइ सम्मानपत्र प्रदान गरिएकाे हाे ।
त्यस्तै पत्रकारिताकाे क्षेत्रबाट समाजमा महत्पुर्ण भुमिका निर्वाह गरेकाे भन्दै इटहरीका तिनजना सञ्चारकर्मीहरूलाइ पनि साेहि अवसरमा सम्मान गरिएकाे थियाे । सप्तकाेशी टेलिभिजनका प्रवन्ध निर्देशक बिकल रेग्मी , नेपाल टेलिभिजन इटहरीकी समाचार वाचिका उषा किरण घिमिरे(भट्टराइ) र बिराट टेलिभिजनका प्रवन्ध निर्देशक बिकल पाैडेललाइ सम्मान गरेकाे हाे । स्कुलले प्रत्येक वर्ष सामाजिक ब्याक्तित्वहरूलाइ अभिभावक भेलाकाे अवसर पारेर सम्मान गर्दै अाएकाे छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २९, २०८२रामधुनीमा राम सिता सहितकाे निम कोरोलि बाबा मन्दिर तथा धर्मशाला निर्माण सुरू
-
ताजा बैशाख २९, २०८२आज वैशाख शुक्ल पूर्णिमा : चण्डी पूर्णिमा, उँभौली पर्व मनाईँदै
-
ताजा बैशाख २९, २०८२बुद्ध जयन्तीको कार्यक्रममा सहभागी हुन लुम्बिनी पुगे प्रधानमन्त्री
-
ताजा बैशाख २९, २०८२झापाका रैथाने जङ्गली हात्तीको पहिचान र नामकरण
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
Comments