
माओवादी विभाजनको कमजोरीबारे खुला हृदयले आत्मसमीक्षा गरौँ : प्रचण्ड
- फाल्गुन १, २०७८ मा प्रकाशित
काठमाडौं: पार्टी विभाजन भएर कमजोर हुँदै जाँदा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी धारका घटकहरूलाई एकताबद्ध हुन अपिल गरेका छन् ।
प्रतिगमन र प्रतिक्रान्तिको षड्यन्त्रसँगै माओवादी आन्दोलनलाई बदनाम गर्ने षड्यन्त्रका विरुद्ध उभिन पनि माओवादी घटकहरू एकताबद्ध हुनपर्ने औचित्य रहेको प्रचण्डको भनाइ छ । उनले क–कसको कहाँकहाँ कमजोरी रह्यो भन्नेबारे खुला हृदयले आत्मसमीक्षा गर्न जरुरी रहेको पनि बताए ।
‘आजको दिन ती तमाम क्रान्तिकारी साथीहरूलाई प्रतिगमनका निम्ति कम्तीमा पनि प्रतिक्रान्तिको षड्यन्त्रको निम्ति, माओवादी आन्दोलनलाई बद्नाम गर्ने षड्यन्त्रकोविरुद्ध फेरि एकचोटी एकताबद्ध हुन म विशेष रूपले अपिल गर्न चाहन्छु’, २७ औँ जनयुद्धको दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा प्रचण्डले भने, ‘हामी सबैले आत्मसमीक्षा गरौँ । क-कसले कहाँ कहाँ के कति कमजोरी गर्यो ? खुला हृदयले आत्मसमीक्षा गर्न तयार होऔँ ।’
माओवादीभन्दा बाहिरका क्रान्तिकारी, इमान्दार र परिवर्तनको पक्षधर कम्युनिस्ट पार्टीहरू पनि एकताबद्ध हुनुपर्नेमा जोड दिए । एकताबद्ध हुँदा समाजवादी क्रान्तिको यात्रामा अघि बढ्न सकिने प्रचण्ड बताउँछन् । -न्युज कारखाना

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ १, २०८२मोरङमा हाइटेन्सन लाइनबाट वैवाहिक स्थलमा करेन्ट प्रवाह हुँदा २ महिलाको मृत्यु, १ घाइते
-
ताजा जेष्ठ १, २०८२दयाहाङ भन्छन्- ‘महाभोज’ सहकारी पीडित जनताको कथा हो
-
ताजा जेष्ठ १, २०८२‘विश्वकै गरिब राष्ट्रपति’ होसे मुहिकाको निधन
-
ताजा जेष्ठ १, २०८२काठमाडौं बागबजारमा बलात्कारपछि युवतीको हत्या आरोपमा भूपू सैनिक पक्राउ
-
ताजा जेष्ठ १, २०८२रविको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश सुवेदी र मुसलमानको इजलासमा
Comments