
माओवादीमा प्रवेश गरेपछि मिडियामा छाए इटहरीका पूर्व मेयर चाैधरी : एमालेले जिम्मवेवार बिहीन बनायाे ,बिकल्प खाेज्न बाध्य बनायाे
- आश्विन १७, २०७९ मा प्रकाशित
इटहरी । नेकपा एमालेको सुनसरी जिल्ला प्रमुख भएर काम गरिसकेका चर्चित नेता द्वारिकलाल चौधरी आइतबार अकस्मात खुमलटारस्थित प्रचण्ड निवासमा पुगेर माओवादीमा प्रवेश गरे। अघिल्लो दिनसम्म माओवादीमा प्रवेश गर्ने समाचार झूठा रहेको बताइरहेका चौधरीले आइतबार बिहान नेपालखबरसँग भने,‘मैले माओवादीमा ज्वाइन नै गरिसकें त।’
नेकपा एमालेबाट तीन कार्यकाल स्थानीय तह जितेका चौधरी इटहरी उपमहानगरपालिकाका निर्वमान मेयर हुन्। गत बैशाखमा सम्पन्न स्थानीय चुनावमा भने एमालेले उनलाई टिकट नदिई यामकुमार सुब्बालाई दियो, जो कांग्रेसका हेमकर्ण पौडेलसँग झण्डै ५ हजार मतान्तरले हारे। उपमेयरमा भने एमालेकी संगीताकुमारी चौधरीले गठबन्धनका उम्मेदवार केशवकुमार विष्टलाई झण्डै दोब्बर मतान्तरले हराइन्।
सुनसरी एमालेमा स्थानीय चुनावअघि देखि नै आन्तरिक विवाद देखिँदै आएको छ। यही आन्तरिक विवादकै कारण एमालेले धरान र इटहरी उपमहानगरपालिका दुबैमा प्रमुख पद गुमाएको विश्लेषण पार्टीभित्र भइरहेका बेला फेरि एकचोटि इटहरी एमालेमा पहिरो गएको छ।
चुनाबको स्थानीय थारु समुदायमा भिजेका एमाले नेता द्वारिकको एमाले परित्याग गर्ने घोषणाले पार्टीभित्र खैलाबैला मच्चिएको छ। माओवादीनेताहरुले आफ्नो पार्टीमा ल्याउँदै गर्दा चौधरीलाई केन्द्रीय तहको जिम्मेवारी दिने बताएका छन्।
आइतबार पार्टी प्रवेश कार्यक्रममा माओवादी नेताहरु राम कार्की, निर्मल बराल र मुक्साहाङ मेन्याङ्बा् लगायतको सहभागिता देखिएको थियो।तपाईलाई अब गठबन्धनले संघमा टिकट दिन्छ कि प्रदेशमा भन्ने प्रश्नमा चौधरीले भने, ‘अब कहाँ दिन्छन्, त्यो पार्टीको कुरा भो।’
चौधरीले थपे, ‘हिजो अस्तिसम्म म जुन पार्टीमा थिएँ, त्यहाँ मैले भनें– मलाई पार्टीको कुनै पनि जिम्मेवारी छैन। त्यत्तिकै तिमीहरुले मासुभात दिएको भरमा मासुभात खाँदै, झण्डा बोक्दै भोट माग्दिन्छु? आम सर्वसाधारणजस्तो हो? मान्छेको जिम्मेवारी हुनुपरेन?’


सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments