
माइधार- दोमुखा सडक ४० वर्षपछि कालोपत्रे हुँदै
- फाल्गुन ३, २०७९ मा प्रकाशित
झापा । झापाको शिवसताक्षी नगरपालिका १० स्थित माइधार —दोमुखा सडक ४० वर्ष पछि कालोपत्रे हुने भएको छ ।यो सडकलाई कालोपत्र गर्न स्थानिय शिवसताक्षी नगरपालिका लागि परेको छ । मंगलबार एक कार्यक्रमको आयोजना गरि शिलान्यास समेत गरिएको छ । माईधार — दोमुखा सडक कालोपत्रे बन्ने भएपछि नगरको आन्तरिक आर्थिक श्रोत पनि बड्ने स्थानियले अनुमान गरेका छन् ।
शिवसताक्षी नगरपालिकाको दुई करोड २४ लाख ८३ हजार दुई सय ४५ र संघिय समपुरक कोषको दुई करोड गरेर चार करोड २४ लाख ८३ हजार दुई ४५ रूपैयाँ लागतमा कालोपत्रे निर्माण हुने भएको होे ।झापा निर्वाचन क्षेत्र नम्बर ४ का संघिय सांसद एलपी सावाँ लिम्बू र शिवसताक्षी नगरका प्रमुख मेघाहाङ्ग थोप्राले संयुक्त रुपमा कालोपत्रे सडकको शिलान्यास गरेका हुन् ।
ढल रहित ७ मिटर चौडाइ कालोपत्रे सडक २९ सय मिटर लामो रहेको शिवसताक्षी नगरपालिकाका ईन्जिनियर उत्तम बरालले बताए । सो सडकमा कालोपत्रे बाहिरको ८ मिटर सडक ग्राभेल हुने छ । तीनवटा बक्स कल्भर्ट र दुई वटा ह्युमपाइप सडकमा लाग्ने इन्जिनीयर बरालले बताए ।
सतासी निर्माण सेवाले ठेक्का लिएको सो सडक असार १५ गते निर्माण सम्पन्न हुने निर्माण कम्पनीका भैरवकुमार श्रेष्ठले जानकारी दिएका छन् । उनले भने, ‘आर्थिक, सामाजिक उल्झन आएन भने जेठ मसान्त सम्ममा निर्माण सकेर नगरलाई सडक जिम्मा दिने र्छौ ।’
‘यो सडक ३६ सालमा कनकाई सिचाईँ आयोजनाले निर्माण गरेको हो । त्यस यता पटक पटक कालोपत्रे गरिने चर्चा थियो । तर, हुन सकेको थिएन,’ ‘शिवसताक्षी नगरका प्रमुख थोप्राले भने, ‘जहाँ परिणाम मुखि उत्पादन दिन्छ त्यहाँ स्थानिय सरकारले लगानी गर्न कन्ज्युस्याई गर्ने छैन ।’
माईधार— दोमुखा सडक नगरको रिङ्गरोड अन्तर्गतको सडक हो । यो सडकलाई कालोपत्रे गर्न हाफुले कयौं पटक कानुनी उल्झन व्यहोर्नुपरेको नगर प्रमुख थोप्राले बताए । सडक कालोपत्रे गर्न पौने ६ करोडको लागत स्टिमेट गरिएको थियो । यो बजेट नगरको एउटै योजनालाई छुट्याइएको सबैभन्दा ठुलो बजेट भएको नगर प्रमुख थोप्राले बताए । आफुले निर्वाचन ताका बालेका बाचा मध्ये सबै भन्दा ठुलो योजना पहिलो वर्षमै कार्यान्वयन हुन थालेकोमा हर्षित भएको उनले बताएका छन् ।
यो सडकलाई स्थानियले पर्यटनसंग पनि जोडेका छन् । पुर्व पश्चिम राजमार्गको माईधारदेखि ३ किलोमिटर उत्तर इमालको चुरे फेदिमा रहेको दोमुखा आउने आन्तरिक तथा वाहिय पर्यटकलाई अब सहज हुने उनीहरुले बताएका छन ।
सडक निर्माण भएपछि हालको संख्यामा एक चौथाई पर्यटकको संख्या बढ्ने अनुमान दोमुखा धार्मिक तथा पर्यटकिय बिकास संस्थाका अध्यक्ष धनवहादुर लावतीले बताए । उनले भने, ‘यहाँका स्थानिय, उद्यमी व्यवसायी र ३० वटा होटल रेष्टुरेन्टको दुखका दिन अब जानेछन् ।’ उनले होमस्टे पनि संचालन गरेर एक नम्बर प्रदेशमै पर्यटकको पहिलो रोजाईको क्षेत्र दोमुखालाई बनाउन सकिने बताए ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ३, २०८२ताप्लेजुङबाट एक वर्षअघि हराएका ११ ल्यापटप माटोमा गाडिएको भेटियो
-
ताजा जेष्ठ ३, २०८२बंगालको खाडी र अरब सागरको हावा नेपालमा : वर्षा र हिमपातको सम्भावना
-
ताजा जेष्ठ ३, २०८२रविन्द्र मिश्रलाई जिल्लामा हतकडी, सर्वोच्चमा खाली
-
ताजा जेष्ठ ३, २०८२आफ्नै उत्पादनसँग बजारीकरण र वितरणलाई अन्तरसम्बन्धित बनाउन निर्देशन
-
ताजा जेष्ठ ३, २०८२साउदीमा कामविहीन नेपाली कामदारलाई स्वदेश फर्काउने पहल सुरू
Comments