
महोत्तरीमा ३ लाख ३६ हजार ९५ जना मतदाता, २५८ मतदानस्थल र ४९७ मतदानकेन्द्र
- चैत्र १४, २०७८ मा प्रकाशित
महोत्तरी: महोत्तरीमा निर्वाचन आयोगले ४९७ वटा मतदान केन्द्र र २५८ वटा मतदानस्थल निर्धारण गरेको छ ।
आसन्न स्थानिय निर्वाचन नजिकिदै गर्दा जिल्लाका १५ पालिकाहरुमा उक्त मतदान केन्द्र र मतदानस्थल निर्धारण गरेको हो ।
जिल्ला निर्वाचन कार्यालयको अनुसार महोत्तरीमा जम्मा ३ लाख ३६ हजार ९५ जना मतदाता छन् ।
मतदाताको संख्याअनुसार मतदान केन्द्र र मतदानस्थल निर्धारण गरिएको जिल्ला निर्वाचन कार्यालय महोत्तरीले जनाएको छ ।
सबैभन्दा बढी मतदाता भएको बर्दिबास नगरपालिकामा २८ वटा मतदानस्थल र ५८ वटा मतदान केन्द्र रहेका छन् । बर्दिबास नगरपालिकामा मात्र ४४ हजार ४ सय ६० जना मतदाता छन् ।
सबैभन्दा कम मतदाता भने महोत्तरी गाउँपालिकामा १७ हजार ४ सय ३६ जना छन् भने १२ मतदानस्थल र २२ मतदान केन्द्र रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
कुन पालिकामा कति मतदाता, मतदानस्थल र मतदान केन्द्र ?
निर्वाचन कार्यालय महोत्तरीको सूचीअनुसार जिल्लाको गौशाला नगरपालिका ३७ हजार ७ सय १६ मतदाता, २४ मतदानस्थल र ४७ वटा केन्द्र छन् ।
जलेश्वर नगरपालिकामा ३६ हजार ६ सय ६१ मतदाता, ३० मतदानस्थल र ४७ नै केन्द्र छन् । पिपरा गाउँपालिकामा २३ हजार २ सय ७ मतदाता, १५ मतदानस्थल र ३० केन्द्र छन् ।
सम्सी गाउँपालिकामा १९ हजार ९ सय मतदाता, १३ मतदानस्थल र २५ केन्द्र, सोनामामा २२ हजार ४ सय ९५ मतदाता, ११ मतदानस्थल, २७ केन्द्र, एकडारा गाउँपालिकामा १८ हजार ५ सय २९ मतदाता, १६ मतदानस्थल र २६ मतदान केन्द्र, औरही नगरपालिकामा १९ हजार ४ सय २२ मतदाता, ११ मतदानस्थल, २४ केन्द्र, बलवा नगरपालिकामा २८ हजार ३ सय ३२ मतदाता, १८ मतदानस्थल र ३२ केन्द्र, भंगाहा नगरपालिकामा २८ हजार ९ सय ४७, १५ मतदानस्थल र ३६ मतदानकेन्द्र, मटीहानीमा १९ हजार १ सय ९९ मतदाता, १४ मतदानस्थल र २४ केन्द्र, मनरासिस्वा नगरपालिकामा ३० हजार २ सय ९, २४ मतदानस्थल र ४० मतदानकेन्द्र, रामगोपालपुर नगरपालिकामा १९ हजार ७ सय ५८ मतदाता, ११ मतदानस्थल र २४ केन्द्र छन् ।
त्यसैगरी लोहारपाटी नगरपालिकामा २५ हजार ३ सय ६, १६ मतदानस्थल र ३३ मतदानकेन्द्र रहेको निर्वाचन आयोगले निकालेको सूचीम ाउल्लेख छ । -न्युज कारखाना

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ३, २०८२ताप्लेजुङबाट एक वर्षअघि हराएका ११ ल्यापटप माटोमा गाडिएको भेटियो
-
ताजा जेष्ठ ३, २०८२बंगालको खाडी र अरब सागरको हावा नेपालमा : वर्षा र हिमपातको सम्भावना
-
ताजा जेष्ठ ३, २०८२रविन्द्र मिश्रलाई जिल्लामा हतकडी, सर्वोच्चमा खाली
-
ताजा जेष्ठ ३, २०८२आफ्नै उत्पादनसँग बजारीकरण र वितरणलाई अन्तरसम्बन्धित बनाउन निर्देशन
-
ताजा जेष्ठ ३, २०८२साउदीमा कामविहीन नेपाली कामदारलाई स्वदेश फर्काउने पहल सुरू
Comments