
महोत्तरीको कन्ट्रोल रुममा ड्युटी गर्दागर्दै प्रहरी असईको मृत्यु
- माघ २४, २०८१ मा प्रकाशित

महोत्तरी । जिल्ला प्रहरी कार्यालय महोत्तरीको कन्ट्रोल रुममा ड्युटी गर्दागर्दै एक प्रहरी सहायक निरीक्षक (असइ) को मृत्यु भएको छ । ड्युटीमै रहेका बेला अचानक श्वासमा समस्या भएपछि असई सुरेन्द्र राम चमारलाई उपचारका लागि प्रादेशिक अस्पताल जलेश्वर लगिएको थियो । पछि थप उपचारको लागि प्रादेशिक अस्पताल जनकपुर लगिए पनि उनलाई चिकित्सकले बचाउन सकेनन् ।
बुधवार साँझ ५ बजे उनलाई श्वास प्रश्वासमा समस्या भएको थियो । साँझ ६ः१५ मा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । सुगर र ब्लड प्रेसर रोगबाट पीडित असई चमारलाई अचानक श्वास लिन समस्या भएपछि चिकित्सकले सिपिआरसहितको कृत्रिम माध्यमले अक्सिजन पूर्ति गर्ने प्रयास गरे पनि सफल हुन नसकेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी सन्तुप्रसाद जयसवारले जानकारी दिए । २३ वर्ष १० महिना ८ दिन प्रहरीमा सेवा गरेका असई चमार ७ महिना पहिले सिन्धुपाल्चोकबाट सरुवा भई जिल्ला प्रहरी कार्यालय महोत्तरी आएका थिए ।
प्रादेशिक अस्पताल जनकपुरमा मृतक प्रहरीको पोष्टमार्टमपछि शव परिवारको जिम्मा लगाउने तयारी भइरहेको डिएसपी जयसवारले जानकारी दिए । उनले असइ चमारको निधनले प्रहरी संगठनलाई अपुरणीय क्षति भएको बताए । उनका श्रीमती, दुई छोरा र एक छोरी छन् । जेठो छोरा बैदेशिक रोजगारीमा छन् भने छोरीको बिहे भइसकेको र अर्को छोरा अध्ययनरत छन् ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ १, २०८२मोरङमा हाइटेन्सन लाइनबाट वैवाहिक स्थलमा करेन्ट प्रवाह हुँदा २ महिलाको मृत्यु, १ घाइते
-
ताजा जेष्ठ १, २०८२दयाहाङ भन्छन्- ‘महाभोज’ सहकारी पीडित जनताको कथा हो
-
ताजा जेष्ठ १, २०८२‘विश्वकै गरिब राष्ट्रपति’ होसे मुहिकाको निधन
-
ताजा जेष्ठ १, २०८२काठमाडौं बागबजारमा बलात्कारपछि युवतीको हत्या आरोपमा भूपू सैनिक पक्राउ
-
ताजा जेष्ठ १, २०८२रविको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश सुवेदी र मुसलमानको इजलासमा
Comments