
महोत्तरीका सात जनप्रतिनिधि दोस्रोपटक निर्वाचित
- जेष्ठ ९, २०७९ मा प्रकाशित
काठमाडौं: गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा दोस्रोपटक निर्वाचित हुने प्रमुख-अध्यक्ष र उपप्रमुख-उपाध्यक्ष सात जना मात्र छन् । जिल्लाको लोहारपट्टी, भङ्गाहा र मटिहानी नगरपालिकाका प्रमुख यसपटक पुनः दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् ।
त्यसैगरी, औरही, बलवा र लोहारपट्टिका उपप्रमुख र एकडारा गाउँपालिकाका उपाध्यक्ष पनि दोस्रोपटक निर्वाचित भएका छन् । लोहारपट्टीका यसअघिका प्रमुख, उपप्रमुख दुवै यसपालि दोस्रोपटक निर्वाचित भएका हुन् । प्रमुखमा शैलेन्द्र यादव र उपप्रमुखमा सरिता शर्मालाई यो सफलता प्राप्त भएको छ । उनीहरू नेपाली कांग्रेसका उमेदवार रहेका छन् ।
त्यसैगरी, भङ्गाहा र मटिहानीका प्रमुखमा क्रमशः सञ्जीवकुमार साह र हरिप्रसाद मण्डल दोस्रोपटक निर्वाचित भएका छन् । २०७४ सालको स्थानीय तह निर्वाचनमा तत्कालीन तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) बाट निर्वाचित दुवैजना यसपालि लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) बाट निर्वाचित भएका हुन् ।
यस्तै, औरही र बलेवा नगरपालिकाका उपप्रमुख क्रमशः रेणु झा र रेखाकुमारी यसपालिसमेत दोस्रोपटक निर्वाचित भएका छन् । विसं २०७४ मा तत्कालीन तमलोपाबाट निर्वाचित झा र रेखाकुमारी यसपालि लोसपाबाट निर्वाचित भएका हुन् ।
यता २०७४ मा तत्कालीन तमलोपाबाट एकडारा गाउँपालिकामा उपाध्यक्ष निर्वाचित भएकी महजवी खातुन भने यसपालि जनता समाजवादी पार्टी (जसपा) नेपालबाट निर्वाचित भएका छन् । यसअघिका १० प्रमुख÷अध्यक्षले यसपटकको प्रतिस्पर्धामा पराजित हुनुप¥यो ।
त्यस्तै, उपप्रमुख÷उपाध्यक्षमा एक कार्यकाल बिताएर यसपालि पनि प्रतिस्पर्धाको अवसर पाएका सात जना पनि चुनाव जित्न असफल भएका छन् । जिल्लाका १० नगरपालिका र पाँच गाउँपालिकासहित १५ स्थानीय तहका प्रमुख-अध्यक्ष र उपप्रमुख-उपाध्यक्षसमेत निर्वाचित हुने ३० संख्यामा २३ जना नयाँ अनुहार आएका छन् । निर्वाचितमा दलगत प्रतिनिधित्व हेरिँदा प्रमुख-अध्यक्ष पदमा पाँच-पाँच जसपा र लोसपाले पाएका छन् । त्यसैगरी, कांग्रेसले दुई, एमाले र तमलोपाले एक-एक र अर्काे एक स्वतन्त्र उम्मेदवार जितेका छन् ।
त्यसैगरी, उपप्रमुख÷उपाध्यक्षमा जसपा छ, लोसपा चार, कांग्रेस तीन, एमाले एक र स्वतन्त्र एक निर्वाचित भएका जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
जिल्लाका १३८ वडाका अध्यक्षमा सबैभन्दा बढी कांग्रेसले ३६ मा जित हात पारेको छ । जसपा र लोसपाले क्रमशः ३१ र ३० पाएका छन् । एमालेले १८, माओवादी केन्द्रले १३, तमलोपा र जनमत पार्टी दुई-दुई एवं नेकपा (एकीकृत समाजवादी) ले एक वडामा जित हात पारेका छन् । स्वतन्त्र निर्वाचित वडाध्यक्षको संख्या पाँच छ । -रासस

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments