•  ९ चैत्र २०८१
  •  8:34:43 AM

महोत्तरीका चार भट्टीपसलमा प्रहरी छापा, मदिरा नष्ट

- फाल्गुन २०, २०७८ मा प्रकाशित



महोत्तरी: प्रहरीले बिहीबार राति महाेत्तरीका चार भट्टी पसलमा छापा हानेर घरेलु मदिरा जफत गरी नष्ट गरेकाे छ ।

भट्टी पसलमा अवैध रुपमा मदिरा उत्पादन भइरहेकाे सूचनाका आधारमा बल्वा नगरपालिकास्थित प्रहरी टोलीले झण्डै ६५० लिटर कच्चा पदार्थ र एक सय लिटर मदिरा नष्ट गरेको हो ।

विनोद साह, अरुण चौधरी, श्याम महतो र दिलीप साहले सञ्चालन गरेको भट्टी पसलबाट मदिरा र कच्चा पदार्थ जफत गरेर नष्ट गरिएकाे जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रकाश विष्टले जानकारी दिए ।

चारै जना भट्टी पसल संचालकलाई अ्बदेखि मदिरा उत्पादन नगर्ने सर्तमा स्थानीय जनप्रतिनिधि र स्थानीयकाे रोहबरमा छाडिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । -न्युज कारखाना

Comments

सम्बन्धित खवर