
महिला हिंसा अन्त्यको बाधक राजनीतिक हस्तक्षेप र फितलो कानुन कार्यान्वयन : शुभद्रा आले
- फाल्गुन २४, २०७८ मा प्रकाशित
काठमाडौँ: ‘यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवता’ अर्थात जहाँ नारीको पूजा गरिन्छ, त्यहाँ देवता रमाउँछन् । यस श्लोकको अर्काे अर्थमा पनि बुझ्न सकिन्छ कि जहाँ नारीको सम्मान गरिन्छ, त्यहाँ भगवान रमाउँछन् । तर, उनै नारीमाथिको विभेद र अत्याचार अझै समाजमा जरो गाडेर बसेको छ ।
विश्व आधुनिक युगमा प्रवेश गरेसँगै महिला शिक्षित पनि हुँदै गए । तर, घरघरमा कुन न कुनै रुपमा महिला हिंसामा परेको देखिन्छ । हिंसाविरुद्ध आवाज उठाउन अझै पीडित महिलाले सकेका छैनन् । यही माहोल र अवस्थामा पीडित महिलालाई न्याय दिलाउन भने कम्मर कसेर लागेकी छन्, सुभद्रा आले ।
नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई)बाट सेवानिवृत्त भएकी उनी महिला सशक्तिकरणको लागि आवाज उठाउने गरेकी छन् । आफुभित्र भएको समाजप्रतिको चिन्तन, दृष्टिकोण र समाज परिवर्तन गर्ने हेतुका साथ उनी महिला हिंसाविरुद्धको कार्यमा लागेको बताउँछिन् ।
पारिवारिक सल्लाहअनुसार प्रहरीमा प्रवेश गरेकी शुभद्रा सेवानिवृत्तपछि महिला हिंसा अन्त्य र पीडितलाई न्याय दिलाउने कार्यमा खटिरहेकी छन् । विवाहपछि प्रहरीको जागीरबाट आफूलाई हटाउन श्रीमानलाई साथी भाइदेखि आफन्तसम्मले दिएको सुझावपछि विभेदविरुद्धको कदम चाल्न आफूलाई उत्प्रेरित गरेको शुभद्रा स्मरण गर्छिन् । उनको साथलाई बुबाआमादेखि सासुससुराले पनि साथ दिए ।
‘विवाहपछि मलाई प्रहरीको जागीरबाट निकाल्न श्रीमानलाई सल्लाह दिएपछि विभेदविरुद्ध लाग्न उत्प्रेरित गर्यो,’ विगत स्मरण गर्दै शुभद्राले न्युज कारखानासँग भनिन्, ‘तर, प्रहरीको जागीर नछाड्न बुबाआमादेखि सासुससुराले साथ दिनुभयो ।’
प्रहरीमा हुँदादेखि नै आफू महिला हिंसाविरुद्ध लागेको बताउने उनी धेरै महिलालाई हिंसाबाट मुक्त गराएर न्याय दिलाएको बताउँछिन् ।
महिला अधिकार रक्षाका लागि संघर्षमा रहेकी उनी अहिले सबैको प्रिय र आशाको व्यक्ति बनेकी छन् । अझ सरकारले यही कर्ममा लागेकै कारण उनलाई राष्ट्रिय पुरस्कार दिएरसमेत सम्मान गरेपछि आफूमाथि जिम्मेवारी थपिएको महसुस भएको बताउँछिन् ।
तराई मधेश क्षेत्रमा दाइजो प्रथाले महिला हिंसामा परेका छन् । दाइजो नदिए राम्रो घरकोले बिहे गर्दैन र पछि अरुले पनि विवाह गर्दैनन् भन्ने सोचले अभिभावकहरु दाइजो दिन बाध्य छन् । ‘दाइजो नदिई विवाह गरेका महिलाहरू शारीरिक तथा मानसिक हिंसा भोग्न बाँध्य छन्,’ शुभद्रा भन्छिन्, ‘कतिपय महिला हिंसा सहन नसकेर आत्महत्या गर्न समेत बाँध्य छन् ।’
तराई मधेशमा महिलालाई विभिन्न डर त्रास दिएर घरेलु हिंसा बढिरहेको उनी बताउँछिन् । दाइजो प्रथा, बाल विवाहजस्ता सामाजिक विकृतिको अझ पनि अन्त्य नभएको देखिन्छ । कानुनमा कडाई, कानुन कार्यान्वयन नहुनु, राजनितिक हस्तक्षेप बढी भएको कारण तराई क्षेत्रमा बढी रुपमा बालविवाह, दाइजो प्रथा अन्त्य हुन नसकेको उनको बुझाइ छ ।
तराईमा स्थानीय भाषा जानेका महिला प्रहरीको अभावमा पनि हिंसालाई अन्त्य गर्न नसकिएको उनको अनुभव छ । शुभद्रा भन्छिन्, मैथिली भाषा जानेका महिला प्रहरी नहुँदा पीडितले आफ्नो दुःख पीडा व्यक्त गर्न सक्दैनन् । जस कारण उनीहरु पीडा र दमन खेपेर बस्न बाँध्य छन् ।’
आफू प्रहरीमा हुँदा पीडितलाई न्याय दिलाउन मैथली भाषा सिकेको शुभद्राले बताइन् । ‘जो दुःख, पीडा, हिंसामा हुन्थेँ, उनीहरु मसँग आएर आफ्नो पीडा व्यक्त गर्थे । मैले मैथली भाषा जानेकाले उनीहरुलाई समस्या बताउन सजिलो भएको हो,’ उनले भनिन् ।
कानुन कार्यान्वयन र राजनीतिक हस्तक्षेपका कारण महिला हिंसा अन्त्य नभएको शुभद्राको बुझाइ छ । ‘राजनीतिक हस्तक्षेप नहुने र कानुन कार्यान्वयन प्रभावकारी रुपमा हुने हो भने महिला हिंसा अन्त्य गर्न गाह्रो छैन,’ उनी बताउँछिन् । -न्युज कारखाना

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ १, २०८२मोरङमा हाइटेन्सन लाइनबाट वैवाहिक स्थलमा करेन्ट प्रवाह हुँदा २ महिलाको मृत्यु, १ घाइते
-
ताजा जेष्ठ १, २०८२दयाहाङ भन्छन्- ‘महाभोज’ सहकारी पीडित जनताको कथा हो
-
ताजा जेष्ठ १, २०८२‘विश्वकै गरिब राष्ट्रपति’ होसे मुहिकाको निधन
-
ताजा जेष्ठ १, २०८२काठमाडौं बागबजारमा बलात्कारपछि युवतीको हत्या आरोपमा भूपू सैनिक पक्राउ
-
ताजा जेष्ठ १, २०८२रविको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश सुवेदी र मुसलमानको इजलासमा
Comments