
महिला साकोसको २४ औं वार्षिक साधारणसभा तथा २५ औ वार्षिक उत्सवमा बिभिन्न कार्यक्रम सहित सम्पन्न
- कार्तिक ५, २०७९ मा प्रकाशित
इटहरी । सुनसरीको इटहरीमा रहेको महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडले २४औं वार्षिक साधारणसभा तथा २५ औ स्थापना दिवस रजत जयान्ती एक कार्यक्रमको आयोजना गरि सम्पन्न गरेको छ ।
सुनसरी र मोरगंमा गरी ६ वटा सेवा केन्द्र सञ्चालन गर्दै आएको महिला बचत तथा ऋण सहकारी संस्थाले विभिन्न ठाँउमा वार्षिक साधारणसभाका अवसरमा कार्यक्रमको आयोजना गरेको र आज समापन कार्यक्रम इटहरीमा सम्पन्न गरेको हो ।
महिला बचत तथा ऋण सहकारीले २४औं बार्षिक उत्सव सहकारी विभागका रजिष्ट्रार रुद्रप्रसाद पण्डितको प्रमुख आतिथ्य तथा सहकारीकी अध्यक्ष अमृता सुब्बाको अध्यक्षतामा भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथी पण्डितले सहकारीहरुले सदस्यहरुको सुविधाका लागि धेरै कुराहरु गर्ने भएपनि बैकहरुले ब्याज बाहेक केही नदिने वताए । उनले सहकारीले सदस्यहरुको लागि बहुआयमिक सुधारका लागि काम गर्ने भएका कारण पनि सहकारीमा लाग्नु पर्नेमा जोड दिए ।

कार्यक्रमको उदघाटन सत्रमा सहकारीकी अध्यक्ष सुब्बाले प्रस्तुत गरेको गरेको प्रतिवेदनमा महिला सेयर सदस्य अधिक रहेको महिला वचत तथा ऋण सहकारी २०५५सालमा ७५ शेयर सदस्य तथा एक लाख सेयर पुँजीबाट सुरु गरिएकोमा हाल आएर ९हजार १सय ६९ शेयर सदस्य तथा शेयर पुँजी ७ करोड ८५ लाख ७हजार २सय पुगेको जानकारी गराईन ।

साधारण सभाका अवसरमा विभिन्न तहमा उर्तिण सेयर सदस्य ,सेयर सदस्यका सन्ततीहरुलाई सम्मान गरियो । यसरी सम्मानीत हुनेहरुमा पिएचडी गर्ने सेयर सदस्य गिता अधिकारी , एमविए गर्ने सेयर सदस्य विमला सुवेदी पिएचडी गर्ने सेयर सदस्यका सन्तती प्रशान्त कार्की लगायतलाई सम्मान गरियो

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २९, २०८२रामधुनीमा राम सिता सहितकाे निम कोरोलि बाबा मन्दिर तथा धर्मशाला निर्माण सुरू
-
ताजा बैशाख २९, २०८२आज वैशाख शुक्ल पूर्णिमा : चण्डी पूर्णिमा, उँभौली पर्व मनाईँदै
-
ताजा बैशाख २९, २०८२बुद्ध जयन्तीको कार्यक्रममा सहभागी हुन लुम्बिनी पुगे प्रधानमन्त्री
-
ताजा बैशाख २९, २०८२झापाका रैथाने जङ्गली हात्तीको पहिचान र नामकरण
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
Comments