
महिला विश्वकप सुरु हुनुअघि न्युजिल्याण्डमा गोली हानाहान : तीनको मृत्यु
- श्रावण ४, २०८० मा प्रकाशित

एजेन्सी । महिला विश्वकप अघि अकल्याण्डमा गोली हानाहान भएको छ । फिफा महिला विश्वकप सुरु हुनुभन्दा केही घण्टाअघि स्थानीय समय अनुसार बिहान सात बजे न्युजिल्याण्डको अकल्याण्डको केन्द्रमा गोली चल्दा बन्धुकाधारीसहित तीन जनाको मृत्यु भएको छ ।
केन्द्रीय व्यापार जिल्लाको एक निर्माण स्थलमा भएको घटनापछि प्रहरी अधिकारीसहित अन्य छ जना घाइते भएका छन् भने बन्दुकधारीको पनि मृत्यु भएको बीबीसीले जनाएको छ । प्रधानमन्त्री क्रिस हिपकिन्सले आक्रमणलाई आतंकवादी कार्यका रूपमा नहेरिएको बताएका छन् । प्रतियोगिता योजना अनुसार अघि बढ्ने उनले बताए ।
उनले थपे, ‘जनतालाई आश्वस्त हुन सक्छ कि प्रहरीले धम्कीलाई बेवास्ता गरेको छ र क्वीन स्ट्रिटमा भएको घटना पछि कुनै निरन्तर जोखिम छैन ।’ ‘आक्रमणको कुनै राजनीतिक वा वैचारिक उद्देश्य पत्ता लागेको छैन’, प्रधानमन्त्रीले भने । बन्दुकधारीले पम्प–एक्शन शटगन बोकेका थिए । विश्वकपको एक टिम नर्वे टिम बसेको होटल घटनास्थलबाट छोटो दूरीमा रहेको बताइएको छ ।
आजबाट महिला विश्वकप सुरु हुँदैछ । उद्घाटन खेल न्युजिल्या(ड र नर्वेबीच शहरको इडेन पार्कमा हुनेछ । खेलकुद मन्त्री ग्रान्ट रोबर्टसनले आश्वस्त पार्नको लागि यस क्षेत्रमा थप प्रहरी रहने बताए । नवौं महिला विश्वकप न्यूजिल्याण्ड र अष्ट्रेलियाले संयुक्त रुपमा आयोजना गर्दैछन् ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments