
महिलाहरूलाई लगनशिल र अब्बल बनाउदै सुनिश्चित कृषि सहकारी : १०० रूपैयाकाे लगानीले सफल व्यवसायीकाे पहिचान बनायाे !
- श्रावण २८, २०७९ मा प्रकाशित
इटहरी । इटहरी २ हवाइचौक स्थित संगीता रायमाझि ४ वर्ष अघि घरभित्रै सिमित रहेकि थिइन । उनले हातमा सिप र अध्यन सर्टिफिकेट भएर पनि अवसर नपाउदा घरभित्रै सामान्य गृहणि बनेर बस्नु परेको थियो । हातमा सिप भएर पनि उनि बेरोजगार बनेर बस्नुपर्दा परिवारमा पिडा त थियो नै उनलाइ भित्र भित्रै पिरली रहेको थियो ।
त्यतिकैमा उनले आफुलाइ घरमै सिलाइ कटाइ मेसिन ल्याइ केहि गर्न मन छ भन्दै नजिकै रहेको सुनिश्चित महिला कृषि सहकारीमा पुगेर इच्छा ब्यक्त गरिन सहकारीले एकसाता भित्रै प्रकृिया पुरा गरी उनलाइ ऋण लगानी गरिदियो । २ वटा मेसिन राखेर काम सुरू गरेकि संगिता अहिले इटहरीकै नामी कपडा व्यवसायीको रूपमा चिनिन्छिन ।
संगीता जस्तै गाउमा रहेका अधिकांश महिलाहरू अहिले घरमै बसि बसी आर्थिक उपार्जन गर्दै आएका छन । केहिले कृषि अन्तर्रगत च्याउ खेती गरेका छन भने केहिले कुखुरा , खशी त केहिले तरकारी खेति गरेर आफै आत्मनिर्भर बनेका छन । पछिल्लो समय धेरै जसो सहकारीहरू धरासयि बन्दै गइरहेको बेला सुगम शहरको ग्रामिण क्षेत्रहरूमा सञ्चालित केहि सहकारी भने स्थानियहरूकोलागि बरदान सावित हुदै गएका छन ।

इटहरी २ स्थित सुनिश्चित महिला कृषि सहकारी संस्था साच्चै त्यस क्षेत्रका महिलाहरूकालागि बरदान सावित भएको छ । २०६९ सालमा स्थापना भएको सो सहकारीले सुरूवाती समयमा धेरै कठिनाइहरूको सामना गर्नुपरेको थियो । एक त महिलाहरूले मात्र सञ्चालन गरेको सहकारी समाजमा स्थापित हुनु निकै कठिनाइ रहेको थियो । महिलाहरूलाइ हातमा सिप भएर पनि घरभित्रकै चुलौ चौकामा गुम्सिएर बस्नुपरेको बाध्यात्मक परिस्थितिलाइ अन्त्य गर्न सुनिश्चित सहकारीको स्थापना भएको हो ।
बिगतमा घर धान्न श्रीमानको कमाइको भर पर्नुपर्ने , सामान्य कुरामा खर्च माग्दा गाली खानुपर्ने , आफ्नो इच्छाहरू मारेर बस्नुपर्ने बाध्यताबाट अहिले महिलाहरू स्वतन्त्र बनिसकेका छन । उनिहरू अहिले सहकारी मार्फत आफै आत्मनिर्भर बन्न सिकिसकेका छन भने केहिले व्यवसाय मार्फत समाजमा नयाँ नाम सहितको बेग्लै पहिचान बनाउन सफल भइसकेका छन ।
सहकारीको वर्तमान अवस्था
सुनिश्चित महिला कृषि सहकारी संस्था नाम अनुसारकै महिलाहरूको भविश्य सुनिश्चित गर्न सफल बनिसकेको छ । २५ जनाबाट सुरू भएको सहकारी अहिले ६२९ भन्दा बढी शेयर सदस्य पुगिसकेका छन ।
महिलाहरूको १०० रूपैयाको लगानीबाट सुरू भएको सहकारिमा अहिले शेयर पुजी नै ५५ लाख ६५ हजार १२७ रूपैया माथी रहेको छ । कृषि संग सम्बन्धित भएकाले यस सहकारीभित्र लगनशिल महिलाहरूको उपस्थिती उत्साहजनक देखिएको छ ।
सहकारीमा बिभिन्न समयमा बिशिस्ट सेवा पुर्याउने सेयर सदस्य , कर्मचारीहरूलाइ वार्षिक साधारणसभा मार्फत सम्मान पनि गर्ने गरिएको छ । महिलाहरू एकढिक्का भए घरको काम संग संगै बाहिर निस्किएर अन्य कामहरू गर्दै सिंगो समाजकै गर्व गर्न लायक प्रतिनिधि पात्र बनिन सक्छन भन्ने कुरालाइ यो सहकारीले प्रमाणित गरेको छ ।
ऋण लगानीको अवस्था
२०७५ सालमा कोरोना संक्रमणले सम्पुर्ण क्षेत्रलाइ अस्तब्यस्त बनाइरहदा सहकारी क्षेत्र पनि अछुतो रहन सकेन । कतिपय सठाउमा ऋण मार्फत गरिएका लगानीहरू अझै पनि उठन सकेको छैन जुन हकारीकोलागि मुख्य चुनौती बनिन पुगेको छ ।
सहकारीकि ऋण समिती संोजक मिना बोहोराको अनुसार संस्थाले बिना धितो ५ लाख सम्म ऋण लगानी गरिदिने गर्छ ।जसले महिलाहरूलाइ केहि सिप सिकेर समाजमा स्थापित बनाउन यसले मदत पनि पुर्याएको छ । समग्रमा भन्नुपर्दा अहिले सम्म सहकारीको ऋण लगानी सन्तोष जनक देखिएको छ ।
आगामी योजनाहरु
समुह निर्माण गरी कृषि सहकारीको अवधारणा लाई कार्यन्वयन गराउने । कृषि सम्बन्धी तालिमका लागी जिल्ला कृषि कार्र्यलय तथा कृषि अनुसन्धान कार्यलय तथा क्षेत्रिय कृषि अनुसन्धान कार्यलयका दक्ष प्राविधिक द्घारा यस बर्ष तालिम गर्ने ।आधुनिक कृषि प्रणाली अपनाई यस स्थानमा नया कृषि प्रणालीको प्रयोग गर्नका लागी आवश्यक पहल गर्ने ।
बचत संकलन कर्ता बढाउने ।ऋणको सहि सदुपयोग गर्नका लागी उद्यमशिलता तालिम गर्ने ।शेयर सदस्यहरु लाई उन्नत जातका बाखा्र पालन गर्नका लागी यस बर्ष आधुनिक कृषि प्रणाली अपनाउने । बेसार खेती गर्नका लागी योजना बनाइ काम गरिने ।
महिलाहरुको स्वास्थ्य लाई ध्यानमा राखी अस्पतालहरु सँग सहकार्य गरी नि शुल्क स्वास्थ्य शिविर गर्ने । सामाजिक कार्यहरुमा सहभागी हुने । सहकारीको बजार प्रतिनिधि थप गर्ने ।
बचतकर्ताहरूको लागनी ?
कोरोना महामारी र बैंकिङ तरताकाकारण पछिल्लो समय धेरै सहकारीहरू बचतकर्ताहरूको रकम लिएर फरार भएको , बन्द भएको , समस्यामा परेको वा बतकर्ताहरूको लगानी जोखिममा परेको समाचरहरू सुनिदै आएका छन । तर यस सहकारीमा भने सबै महिलाहरूको मात्र उपस्थिती रहेकोले जोखिम नरहेको संस्थाकि अध्यक्ष सुभद्रा प्याकुरेल बताउनुहुन्छ ।
यो सहकारीमा सब महिला दिदिबहिनीहरू लगनशिल , मेहनती रहनुभएकोले बचतकर्ताहरूको लगानी जोखिममा पर्दैन अध्यक्ष प्याकुरेल भन्नुहुन्छ । सानो लगानीमा खुलेको सहकारी भएकाले पनि यो सहकारीमा बचतकर्ताहरूको लगानी त्यसैपनि सुरक्षित रहने अध्यक्ष प्याकुरेलको भनाइ छ ।
प्रस्तुती : तारा भट्टराई

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २९, २०८२रामधुनीमा राम सिता सहितकाे निम कोरोलि बाबा मन्दिर तथा धर्मशाला निर्माण सुरू
-
ताजा बैशाख २९, २०८२आज वैशाख शुक्ल पूर्णिमा : चण्डी पूर्णिमा, उँभौली पर्व मनाईँदै
-
ताजा बैशाख २९, २०८२बुद्ध जयन्तीको कार्यक्रममा सहभागी हुन लुम्बिनी पुगे प्रधानमन्त्री
-
ताजा बैशाख २९, २०८२झापाका रैथाने जङ्गली हात्तीको पहिचान र नामकरण
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
Comments