
महिलालाइ हाेटलभित्र बन्धक बनाएर बलात्कार गरेकाे अभियाेगमा धनकुटा सहिदभुमीका वडाध्यक्ष पक्राउ
- असार २७, २०७९ मा प्रकाशित
धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिका ५ का वडाध्यक्ष सन्तोष राई (३८) लाई युवती बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।होटलमा बन्धक बनाइ बलात्कार गरेको युवतीले जाहेरी दिएपछि राईलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
राईलाई शनिबार राति साढे ११ बजे धनकुटा बजार नजिकबाट पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय धनकुटाका डीएसपी चिरञ्जिवी दाहालका अनुसार राईले शुक्रबार राति धनकुटाको हिलेबाट तेह्रथुमको बसन्तपुर बजारस्थित एक होटलमा लगेर बन्धक बनाई बलात्कार गरेको जाहेरी परेपछि पक्राउ गरिएको हो ।
घटना भएको स्थान तेह्रथुम जिल्ला भएकोले पक्राउ गरिएका राईको थप कारबाही प्रक्रियाका लागि तेह्रथुम प्रहरीलाई बुझाइने उनले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments