
महावीर पुनलाई शालिग्राम-सरोज सिर्जनशील पुरस्कार
- फाल्गुन २७, २०८१ मा प्रकाशित

इटहरी / नेपाली वैज्ञानिक उपनामले परिचित महावीर पुनलाई शालिग्राम-सरोज सिर्जनशील पुरस्कार २०८१ प्रदान गरिएको छ ।
निःसहाय बालबालिका सेवा आश्रमद्वारा इटहरीको तालतलैयामा शनिबार आयोजित विशेष समारोहमा राष्ट्रिय आविस्कार केन्द्रका संस्थापक अध्यक्ष पुनलाई उक्त पुरस्कार समर्पण गरिएको हो ।
पत्रकार तथा अधिवक्ता शालिग्राम पाण्डे र मनोक्रान्ति अभियानकर्मी सरोज कार्कीद्वारा स्थापित उक्त पुरस्कारको राशि २५ हजार रुपियाँ रहेको छ ।
आश्रमका व्यवस्थापन समितिको संयोजनमा प्रत्येक दुई वर्षमा वितरण गरिने सो पुरस्कार यसअघि कलाकार सीताराम कट्टेल धुर्मुस र साहित्यकार लीलबहादुर क्षेत्रीलाई समर्पण गरिसकिएको छ । इटहरीको बहुउद्देश्यीय सहकारीमा दुई लाख रुपियाँको पुरस्कार कोष स्थापना गरिएको संस्थापक पाण्डेले जानकारी दिए ।
राजेन्द्र श्रेष्ठको अध्यक्षतामा भएको सो कार्यक्रममा पुनले प्राप्त पुरस्कारले वीरगन्जस्थित कृषि औजार कारखाना सञ्चालन र सत्कर्मका लागि सहयोग थपिएको अनुभव सुनाए ।
पुन यतिबेला आफ्नो जीवन सङ्घर्षमा आधारित ‘सम्झना, सपना र अविरल यात्रा’ शीर्षकको पुस्तक बिक्री अभियान लिएर पूर्वको दौडाहामा छन् । उनले किताब बेच्दै इटहरीसम्म आइपुग्दा एक लाख ८५ हजार पुस्तक बिक्रीबाट १० करोड रुपैयाँ सङ्कलन भएको जानकारी दिए ।
वैज्ञानिक पुनले साना किसानलाई उपयोगी कृषि औजार सहुलियतमा उपलब्ध गराउनका लागि बन्द कृषि उद्योग पुनः सञ्चालन गर्न लागेको पनि बताए ।
कार्यक्रममा भोजपुर समाज सेवा केन्द्र सुनसरीका तर्फबाट ११ जना ज्येष्ठ नागरिकहरूलाई सम्मान गरिएको थियो ।
सम्मानित हुनेहरूमा दुर्गाप्रसाद श्रेष्ठ (७६), सोविता घिमिरे (७६), चन्द्रमाया ढकाल (८२), मोहनबहादुर श्रेष्ठ (८९), धनछिमी प्रधान (८७), केदारमान राई (७९), गोविन्दप्रसाद ढकाल (८५), छत्रबहादुर पाण्डे (७५), रम्भा पाण्डे (७३), बालकृष्ण ढकाल (९४) र दीर्घमाया ढकाल (८९) रहेका छन् ।
निःसहाय बालबालिका सेवा आश्रम सञ्चालिका गीता गौतमको मुख्य आतिथ्यमा भएको कार्यक्रममा उमानाथ ढकाल, चन्द्रमणि ढकाल र कृष्णप्रसाद ढकाललाई कदरपत्र प्रदान गरिएको थियो ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments