
महँगीले आक्रान्त अमेरिकी घरमै पकाउँदै, साथीभाइकामा पाहुना लाग्दै : नेपालीलाइ कती समस्या ?
- श्रावण १, २०७९ मा प्रकाशित
वासिङटन । बढ्दो महँगीले आक्रान्त अमेरिकी नागरिक हिजोआज घरमै खाना पकाउन, परिवारसँग रमाउन र बेलाबखत आफन्ती तथा साथीभाइकोमा पाहुना लाग्न थालेका छन् । उनीहरूले सवारी साधन हुँइक्याएर टाढाटाढासम्मको यात्रालाई पनि अहिले थाती राखेका छन् ।
घरमै पर्याप्तमात्रामा खानेकुरा पकायो, सम्भवभएसम्म रेष्टुरा नगयो, घरै बस्यो । छोटो दुरीमा मात्र यात्रा गयो । खर्च जोगाउन यस्तै दैनिकी बनेको छ अमेरिकीको आजभोलि ।उत्तरी भर्जिनियास्थित एउटा सुपथमूल्य खुद्रा पसलमा भेटिएका जोन खाद्यवस्तुको चर्को मूल्यवृद्धिका कारण घरमा आफै विविध परिकार पकाउन थालेका छन् ।
आफ्नो पहिलो नाममात्र उद्धरण गर्न चाहने उनी विरलै रेष्टुरातिर जान्छन् । सरकारी कर्मचारी उनी एक झोला कुखुराका साँप्रा र १० टुक्रा कुखुराका पँखेटाको मूल्य उस्तै भएको बताउँछन् ।
दशका पछि अमेरिकामा महँगी अचाक्ली बढेको छ । खर्च जोगाउन धेरै अमेरिकी नागरिकले विविध उपाय अवलम्बन गरेका छन् । अमेरिकी उपभोक्ता मूल्य सूचकाङ्क चारदशकपछि पहिलोपटक गत जेठमा ९.१ प्रतिशतले बढेको थियो ।
त्यसयता खाद्य सूचकाङ्क १०.४ प्रतिशतले बढ्दा मध्यमवर्गीय अमेरिकीलाई हातमुखजोर्न धौधौ भएको छ । मूल्यवृद्धि नभएका कुनै वस्तु छैनन् । दशौँलाख अमेरिकी इन्धनको मूल्य बढेपछि थप पिरोलिएका छन् ।
चर्को मूल्य चुकाएर हवाईजहाजबाट यात्रा गर्ने चाहना पनि अब धेरैको रहेन । न्यूयोर्क महानगरका सेवा निवृत्त शिक्षिका ग्लोलिया ब्राण्डम्यानले हवाईजहाज नचढेको धेरै भयो ।
भाडा महँगो भएकाले जहाजको सट्टा मोटरकारमा यात्रा गर्दै आएको बताउने उनले पेट्रोलको बढेको मूल्यले अब त्यसमा पनि यो वर्ष कटौती गर्ने तरखरमा आफू रहेको सुनाइन् । पुरानो कारलाई मर्मतसम्भार गरेर दौडाइरहेको उनले बताइन् । उच्च मूल्यकै कारण नयाँ कार किन्न नसकेको उनको कथन छ ।
उत्तरी भर्जिनियाका स्थायी बासिन्दा जेम्स पेट्रोलको मूल्य वृद्धिले तनाव बढाएको दुःखेसो गर्छन् । हरेकपटक कारको इन्धनट्याङ्क भर्दा उनले थप ३० डलर तिर्नुपर्छ । पाएसम्म र भ्याएसम्मसार्वजनिक यातायात सेवा प्रयोग गर्ने गरेको उनले बताए ।
घरभाडा पनि अनपेक्षितरूपमा बढेको छ । त्यो अहिले १२ देखि २० प्रतिशतले वृद्धि भएको छ । केन्टकीको किराना पसलमा काम गर्ने आफ्नी भतिजी घरभाडा तिर्न नसकेर आफूसँगै बस्न आएकी आर्था फक्स जोन बताउँछिन् ।
बढ्दो आवास भाडाले घरबारविहीनको सङ्ख्या बढ्ने चिन्ता पनि अमेरिकामा बढेको छ । देशको अर्थतन्त्रसँग पनि अमेरिकी नागरिक खुशी नभएका अन्तरराष्ट्रिय मुद्राकोषका एकजना पूर्व अधिकारीले बताएका छन् ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २९, २०८२रामधुनीमा राम सिता सहितकाे निम कोरोलि बाबा मन्दिर तथा धर्मशाला निर्माण सुरू
-
ताजा बैशाख २९, २०८२आज वैशाख शुक्ल पूर्णिमा : चण्डी पूर्णिमा, उँभौली पर्व मनाईँदै
-
ताजा बैशाख २९, २०८२बुद्ध जयन्तीको कार्यक्रममा सहभागी हुन लुम्बिनी पुगे प्रधानमन्त्री
-
ताजा बैशाख २९, २०८२झापाका रैथाने जङ्गली हात्तीको पहिचान र नामकरण
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
Comments