
मलेसियाले प्यालेस्टिन र हमाससँगको सम्बन्ध जारी राख्ने, इजरायललाई देशको मान्यता नदिने
- कार्तिक २३, २०८० मा प्रकाशित
एजेन्सी । मलेसियाले प्यालेस्टिन र हमास समूहसँग सम्बन्ध राख्ने यसअघिको निर्णयलाई यथावत् राख्ने भएको छ । मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमले आफ्नो राष्ट्रले हमाससँग सम्बन्ध कायम राख्ने र दण्ड नदिने बताएको बीबीसीले जनाएको छ ।
संसद्लाई सम्बोधन गर्दै प्रधानमन्त्री अनवरले अहिले इजरायलले हमासविरुद्ध गरिरहेको नरसंहारको सबैले खुलेर विरोध गर्नुपर्ने पनि बताएका छन् । अमेरिकी प्रतिनिधिसभाले गएको हप्ता हमास र प्यालेस्टिनी इस्लामिक जिहादका विदेशी समर्थकहरूलाई प्रतिबन्ध लगाउने पक्षमा मतदान गरेपछि विपक्षी सांसदले अनवरलाई मलेसियाली सरकारको अडानबारे सोधेका थिए ।
प्रश्नको जवाफ दिँदै उनले अमेरिकाको कुनै पनि धम्की स्वीकार नगर्ने बताएको खबरमा उल्लेख छ । उनले आफ्नो देशले संयुक्त राष्ट्र सङ्घको महासभाले गरेको निर्णय मान्ने भन्दै प्यालेस्टिनको अस्तित्व समाप्त पार्ने कदम मान्य नहुने उल्लेख गरेका छन् ।
मुस्लिम बहुल राष्ट्र मलेसियाले लामो समयदेखि प्यालेस्टिनी मुद्दाको वकालत गर्दै आएको छ । मलेसियाले इजरायललाई कुटनीतिक रूपमा मान्यता दिएको छैन । अहिले इजरायलले गाजामा गरेको हमलाविरुद्ध दिनहुँजसो मलेसियामा प्रदर्शन हुँदै आएको छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments