
मन्दिरको दानपेटिका फुटाएर नगद चोरी गर्ने सुनसरीका राेशनकुमार पक्राउ
- भाद्र २४, २०७९ मा प्रकाशित
इटहरी । मन्दिरको दानपेटिका फुटाएर नगद चोरी गर्ने एक जनालाई सुनसरी प्रहरीले पक्राउ गरेको छ । दानपेटिका फुटाएर एक लाख २५ हजार रूपैयाँ चोरी गरेको घटनामा संलग्न इनरुवा–४ का २३ वर्षीय रोशनकुमार यादवलाई पक्राउ गरिएको सुनसरी प्रहरीका प्रवक्ता डिएसपी राजकुमार राईले जानकारी दिए ।
राईका अनुसार यादवले गत बुधबार राति इनरुवा नगरपालिका–४ स्थित रामजानकी गुठी मन्दिरको दुईवटा दानपेटिका फुटाएर रकम चोरी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
घटनाका बारेमा जानकारी प्राप्त भएपछि सुनसरी प्रहरी प्रमुख एसपी प्रभुप्रसाद ढकालले चोरीमा संलग्नको पहिचान एवम् पक्राउका लागि विशेष टोली परिचालन गरेका थिए । रकम चोरी गरेपछि भारततिर भाग्न खोज्दै गर्दा प्रहरीले यादवलाई इनरुवा–३ बाट पक्राउ गरेको हो ।
डिएसपी राईका अनुसार चोरी गरेको नगदसहित यादव पक्राउ परेका हुन् । प्रहरीले उनीविरुद्ध चोरी मुद्दा चलाउन बिहीबार अदालतबाट म्याद थप गरेर घटनाको बाँकी अनुसन्धान अघि बढाएको छ ।
पक्राउ परेका यादव लागुऔषधका दुव्र्यसनी रहेको पत्ता लागेको छ । साथै इनरुवा क्षेत्रमा भएका विभिन्न चोरीका घटनामा उनको संलग्नता रहेको पाइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ १, २०८२मोरङमा हाइटेन्सन लाइनबाट वैवाहिक स्थलमा करेन्ट प्रवाह हुँदा २ महिलाको मृत्यु, १ घाइते
-
ताजा जेष्ठ १, २०८२दयाहाङ भन्छन्- ‘महाभोज’ सहकारी पीडित जनताको कथा हो
-
ताजा जेष्ठ १, २०८२‘विश्वकै गरिब राष्ट्रपति’ होसे मुहिकाको निधन
-
ताजा जेष्ठ १, २०८२काठमाडौं बागबजारमा बलात्कारपछि युवतीको हत्या आरोपमा भूपू सैनिक पक्राउ
-
ताजा जेष्ठ १, २०८२रविको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश सुवेदी र मुसलमानको इजलासमा
Comments