
मन्त्री कार्कीद्वारा खानेपानी प्लान्टको उद्घाटन
- फाल्गुन ९, २०७८ मा प्रकाशित
विराटनगरः अन्तर्राष्ट्रिय सहयोगी सस्था ‘हेल्पिङ ह्याण्ड फर रिलाइफ एण्ड डेभलपमेन्ट’ले मोरङको रतुवामाइ नगरपालिका ९ स्थित जनता माध्यमिक विद्यालयमा निर्माण गरिएको शुद्ध खानेपानी परियोजना विद्यालयलाई हस्तान्तरण गरिएको छ ।
आइतवार एक कार्यक्रमका बिच प्रदेश नम्बर १ सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीले रिवन काटेर उद्घाटन गरेसँगै सस्थाले विद्यालयलाइ परियोजना हस्तान्तरण गरेको हो । विद्यार्थीलाई शुद्ध खानेपानीको व्यबस्थापन गर्नका लागि प्लाण्ट स्थापना गरिएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अथिती समेत रहेका मन्त्री कार्कीले शुद्ध खानेपानीले विद्यार्थीको स्वास्थ्य स्वस्थ रहने उल्लेख गर्दै स्वस्थ तरिकाले नवीन ज्ञान लिन सहयोग गर्ने बताए । मन्त्री कार्कीले आधुनिक समाज सँगसँगै सिकाइको माध्यमलाई पनि आधुनिक ढंगले चल्नुपर्नेमा जोड दिए ।
उनले परीक्षामा पास गर्नकै लाई पढ्ने र पढाउने बानी त्याग्नुपर्ने बताए । नैतिक शिक्षामा जोड दिन शिक्षकहरुलाइ उनको निर्देशन छ । मन्त्री कार्कीले विद्यार्थीलाई पढ्ने वातावरणको सृजना गर्नका लागि खेलकुदका सामग्री, बाल उत्थान लागाएतका संरचना निमार्ण गर्नुपर्ने बताए । त्यस्का लागि प्रदेश सरकारले आवस्यक सहयोग गर्ने उनको भनाई छ ।
कार्यक्रममा रतुवामाई नगरपालिका मेयर रविन राइले अन्तर्राष्ट्रिय सस्थाले प्लान्ट निर्माण गरेकोमा धन्यवाद व्यक्त गर्दै नगरका सार्वजनिक स्थानहरुमा यस्तै प्लान्ट स्थापना गर्ने योजना रहेको बताए । परियोजनाका निर्देशक इलियास हसन चौधरीले विश्व भरी नै यस्ता परियोजना संचालनमा रहेको बताए । सो प्लान्ट अनुमानित ६ लाखको लागतमा तयार भएको सस्थाले बताएको छ । परियोजनाको नेपालमा संयोजन वर्क फर नेपालले गरेको थियो ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments