
मनोनयन दर्ता गर्ने पुगे एक लाख ३७ हजार ४३ जना
- बैशाख १३, २०७९ मा प्रकाशित
काठमाडौं: निर्वाचन आयोगले मनोनयन दर्ता गर्नेको अद्यावधिक संख्या सार्वजनिक गरेको छ । आज बिहान साढे ७ बजेसम्मको तथ्याङ्कअनुसार एक लाख ३७ हजार ४३ जनाले मनोनयन दर्ता गरेका छन् ।
मनोनयन दर्ता प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र खुला सदस्य पदमा भएको हो ।
आयोगले ती पदहरूमा सर्वाधिक मधेस प्रदेशमा ३४ हजार ७४७ जनाले मनोनयन दर्ता गरेको जनाएको छ । त्यसपछि बाग्मती प्रदेशमा २३ हजार ९६ जना, प्रदेश १ मा २१ हजार ८७९ जना र लुम्बिनी प्रदेशमा २१ हजार ७५९ जनाले मनोनयन दर्ता गराएका छन् ।
कर्णाली प्रदेशमा १२ हजार ३१८ जना, गण्डकी प्रदेशमा १२ हजार १४६ जना र सुदूरपश्चिम प्रदेशमा ११ हजार ९८ जनाले मनोनयन दर्ता गराएको आयोगले जनाएको छ ।
६ महानगर, ११ उपमहानगरसहित ७५३ वटा स्थानीय तहमा आइतबार र सोमबार मनोनयन दर्ता भएको थियो । -न्युज कारखाना

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments