
मधेस प्रदेशको ‘जनयुद्ध’ दिवस कार्यक्रमः प्रमुख अतिथि प्रचण्ड
- फाल्गुन १, २०७८ मा प्रकाशित
काठमाडौं: राज्यको निकायले पहिलो पटक मनाउने ‘जनयुद्ध दिवस’लाई सम्वोधन गर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जनकपुर जाने भएका छन ।
मधेस प्रदेश सरकारले ‘जनयुद्ध दिवस’को अवसरमा जनकपुरमा आयोजना गर्न लागेको सहिद सम्मान कार्यक्रमलाई सम्वोधन गर्न माओवादी अध्यक्ष प्रचण्ड जनकपुर जाने भएका हुन ।
‘मधेस प्रदेश सरकारले ‘जनयुद्ध दिवस’लाई सम्वोधन गर्न अध्यक्ष प्रचण्ड जनकपुर आउँदै हुनुहुन्छ,’ मधेस प्रदेशका आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरत साहले न्युज कारखानासँग भने, ‘मधेस सरकारको निर्णय अनुसार सहिद परिवारलाई दिइने भनिएको राहत मध्ये प्रतिकात्मक रुपमा कम्तिमा ४० परिवारलाई वितरण गर्ने कार्यक्रम तय भएको छ ।’ उनका अनुसार मधेस प्रदेश भवनको कभर्ड हलमा आयोजना हुने कार्यक्रममा सरकारले ‘जनयुद्ध’ झल्को दिने सांस्कृतिक कार्यक्रमको आयोजनासमेत गर्नेछ ।
केही साता अघि माओवादी सशष्त्र युद्धमा ज्यान गुमाएका प्रत्येक परिवारलाई ३–३ लाख दिने निर्णय गरे अनुसार आज पहिलो चरणमा १–१ लाख नगद वितरण गर्ने मन्त्री साहले जानकारी दिएका छन । उनका अनुसार उक्त कार्यक्रमलाई मुख्यमन्त्री लालबाबु राउतले ‘जुम’मार्फत सम्वोधन गर्ने र संघीय सरकारकी शिक्षा, बिज्ञान प्रबृधि राज्यमन्त्री बोधमाया यादवलगायत मधेस प्रदेशका मन्त्रीहरुको उपस्थिति रहने छ ।
मधेस प्रदेशले पहिलो पटक आयोजना गर्न लागेको ‘जनयुद्ध दिवस’ मार्फत झन्डै ६ सय सहिद परिवारलाई क्रमशः जिल्ला जिल्लामार्फत नगद राहात वितरण गरिने घोषणासमेत गर्ने कार्यक्रम तय भएको छ। -न्युज कारखाना

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ १, २०८२मोरङमा हाइटेन्सन लाइनबाट वैवाहिक स्थलमा करेन्ट प्रवाह हुँदा २ महिलाको मृत्यु, १ घाइते
-
ताजा जेष्ठ १, २०८२दयाहाङ भन्छन्- ‘महाभोज’ सहकारी पीडित जनताको कथा हो
-
ताजा जेष्ठ १, २०८२‘विश्वकै गरिब राष्ट्रपति’ होसे मुहिकाको निधन
-
ताजा जेष्ठ १, २०८२काठमाडौं बागबजारमा बलात्कारपछि युवतीको हत्या आरोपमा भूपू सैनिक पक्राउ
-
ताजा जेष्ठ १, २०८२रविको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश सुवेदी र मुसलमानको इजलासमा
Comments