
मधेश प्रदेशबाट फर्किएर मुख्यमन्त्री पोखरेलले भने- मुख्यमन्त्रीहरूको भेला फेरि बोलाउँछु
- फाल्गुन २३, २०७८ मा प्रकाशित
पोखरा: गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पोखरामा मुख्यमन्त्रीहरूको पुनः भेला आयोजना गर्ने बताएका छन् । मधेश प्रदेश भ्रमणबाट फर्किएलगत्तै पत्रकारहरूसँगकाे कुराकानीमा उनले संघ सरकारको दबाबका लागि मुख्यमन्त्रीहरूको साझा आवाज तयार गर्ने बताए ।
‘संघ सरकार प्रदेशप्रति अनुदार छ । यो कुरा सार्वजनिक रुपमा भनेका पनि छौँ । मैले मुख्यमन्त्रीहरूलाई कन्भिन्सको प्रयत्न गरिरहेको छु,’ उनले भने, ‘मुख्यमन्त्रीहरूको सामुहिक आवाज गयो भने केन्द्रीय सरकारलाई दबाब पुग्छ । यसलाई स्वभाविक लिनुपर्छ ।’
मधेश प्रदेशका मुख्यमन्त्री डा. लालबाबु राउतले पनि मुख्यमन्त्रीहरूको भेला आयोजना गर्न सुझाव दिएकाे बताए । ‘उता पनि मैले कुरा गरेर आएको छु । उहाँले गण्डकीले आयोजना गरिदियोस् भन्नुभएको छ । अरु मुख्यमन्त्रीसँग पनि सम्पर्क गरेर भेला गरौँ भनेको हुँ,’ उनी भन्छन्, ‘विगतमा पनि भेला भएको थियो तर निश्चित नतिजा नआउँदै टुंगियो । त्यसलाई पूरा गर्न गण्डकी सरकारले नै पहल गर्नुपर्छ भन्ने मेरो सोच हो ।’
मधेश प्रदेश सरकारको निमन्त्रणामा मुख्यमन्त्री पोखरेल, अर्थमन्त्री रामजी बराल, पर्यटनमन्त्री मणिभद्र शर्मासहित पर्यटन व्यवसायी र कर्मचारीहरूको टोली तीन दिने भ्रमणमा गएको थियाे । टाेलीमा १८ जना थिए ।
‘एक वर्षदेखि सुन्दै आएको हो, त्यहाँ रेल आएको छ भनेर । एउटा स्टेसनसम्म पुगेर हामीले रेल हेर्यौं । उहाँहरूले घुमाउनुभयो,’ पोखरेलले भने, ‘हाम्रो लक्ष्य नै आन्तरिक पर्यटन प्रवर्द्धा गर्ने हो । त्यही उद्देश्यले त्यहाँका मुख्यमन्त्रीलाई हामीले बोलाएर पोखरा घुमाएका थियौं । पोखरा जनकपुरको कनेक्टिभिटी ठूलो उपलब्धि हो ।’ यो भ्रमणले प्रदेशको अस्तित्व बढाउन सहयोग पुग्ने उनको विश्वास छ । -न्युज कारखान

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ३, २०८२ताप्लेजुङबाट एक वर्षअघि हराएका ११ ल्यापटप माटोमा गाडिएको भेटियो
-
ताजा जेष्ठ ३, २०८२बंगालको खाडी र अरब सागरको हावा नेपालमा : वर्षा र हिमपातको सम्भावना
-
ताजा जेष्ठ ३, २०८२रविन्द्र मिश्रलाई जिल्लामा हतकडी, सर्वोच्चमा खाली
-
ताजा जेष्ठ ३, २०८२आफ्नै उत्पादनसँग बजारीकरण र वितरणलाई अन्तरसम्बन्धित बनाउन निर्देशन
-
ताजा जेष्ठ ३, २०८२साउदीमा कामविहीन नेपाली कामदारलाई स्वदेश फर्काउने पहल सुरू
Comments