•  ९ चैत्र २०८१
  •  9:19:43 PM

मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा

- जेष्ठ ५, २०८२ मा प्रकाशित



इटहरी । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेश सरकारका तत्कालीन अर्थमन्त्री विजयकुमार यादव र बागमती नगरपालिकाका निलम्बित नगर प्रमुख भरतकुमार थापासहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

माछा पोखरी निर्माणमा भ्रष्टाचार गरेको आरोपमा अख्तियारले आइतबार विशेष अदालतमा २९ करोड बिगो मागदाबी गर्दै उनीहरूविरुद्ध मुद्दा दायर गरेको हो । आर्थिक वर्ष २०७५/७६ देखि आव ०७९/८० सम्म अर्थमन्त्री रहेका यादवका साथै आयोगले बागमती नगरपालिकाका निलम्बित नगर प्रमुख भरतकुमार थापा, उपप्रमुख लीलाकुमारी मुक्तान, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोखरेल, मधेश प्रदेश अर्थ मन्त्रालयका तत्कालीन कानुन अधिकृत गोकुल भुजेललाई पनि प्रतिवादी बनाएको छ।

यादवलाई यसअघि झलनाथ खनाल फाउन्डेसनको नाममा १७ करोड रुपैयाँ हिनामिना गरेको आरोपमा पनि अर्को मुद्दा लागेको थियो ।मेयर थापा यसअघि पनि भ्रष्टाचार र अकूत सम्पत्ति आर्जनको मुद्दा खेपिरहेका छन्। मेयर र उपमेयर माओवादी केन्द्रका हुन् भने पूर्व अर्थमन्त्री यादव जसपा नेपालका हुन्।

Comments

सम्बन्धित खवर