
मतपत्रमा सिसाकलमले हस्ताक्षर नगर्न निर्वाचन आयोगको निर्देशन
- बैशाख २५, २०७९ मा प्रकाशित
काठमाडौँः वैशाख ३० गतेका लागि निर्धारित स्थानीय तह निर्वाचनमा मतदान अधिकृतले सिसाकलम प्रयोग गर्न नपाइने भएको छ ।
सिसाकलमले मतपत्रमा हस्ताक्षर गर्न नमिल्ने आयोगले जनाएको छ । सिसाकलमले हस्ताक्षर गर्दा छिट्टै मेटिन सक्ने खतरा रहने भएकोले डटपेनलगायत कलमले सही गर्न भनिएको छ ।
मतपत्रमा कालो, रातो, नीलो वा हरियोमध्ये कुनै पनि मसी भएको कलम–डटपेनले सही गराउन सकिने आयोगको भनाइ छ ।
मतपत्रमा हस्ताक्षरका लागि सिसाकलमको प्रयोग नहुने अवस्थाको सुनिश्चितताका लागि अन्य कलमबाट हस्ताक्षर गर्ने व्यवस्था मिलाउन सबै मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतलाई निर्देशन दिइएको आयोगले जनाएको छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments