
मतगणना सम्पन्न नहुँदै धरानको मेयरमा स्वतन्त्र उम्मेदवार साम्पाङ विजयी
- जेष्ठ ८, २०७९ मा प्रकाशित
इटहरीः सुनसरीको धरान उपमहानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ विजयी भएका छन् ।
१९ हजार पाँच सय ९७ मत प्राप्त गरी साम्पाङ धरानको मेयरमा निर्वाचित भएका छन् । यद्धपि मतगणना भने जारी नै रहेको निर्वाचन अधिकृतको कार्यालय धरानले जनाएको छ । तीन हजार दुई सय ८५ मत गणना गर्न बाँकी रहेको बताइएको छ । गणना गर्न बाँकी मतभन्दा साम्पाङको अग्रता बढी मतको भएकाले उनी विजयी भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार किशोर राईले हालसम्म १५ हजार तीन सय १६ मत पाएका छन् भने नेकपा एमालेकी उम्मेदवार मञ्जु भण्डारी (सुवेदी) ले १२ हजार तीन सय ४८ मत पाई तेस्रो स्थानम रहेकी छन् । नवनिर्वाचित मेयर साम्पाङ र निकटतम प्रतिद्वन्द्वी राईबीच हालसम्म चार हजार दुई सय ८१ मतको अन्तर रहेको छ ।
यता, उपमेयरतर्फ पनि बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका नेकपा माओवादी केन्द्रका आइन्द्रविक्रम बेघाको विजय निश्चितप्रायः बनेको छ । बेघाले हालसम्म १९ हजार दुई सय ८३ मत पाएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार पदम इस्वो लिम्बूले १६ हजार नौ सय १६ मत पाएका छन् ।
दुवै उम्मेदवारबीच दुई हजार तीन सय ६७ मतको अन्तर छ । २० वडाहरु रहेको धरानमा अब १७ नम्बर वडाको मात्र मतगणना सम्पन्न हुन बाँकी छ । धरानमा कुल ६२ हजार आठ सय ९८ मत खसेकोमा ५९ हजार ६ सय १३ मतको गणना सम्पन्न भएको छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments