
मकैमा अमेरिकी फौजी कीराकाे प्रकाेप देखिएपछि झापाका कृषकहरू मार्कामा
- फाल्गुन १८, २०७९ मा प्रकाशित

झापा । झापाका केही स्थानमा लगाइएको मकै बालीमा अमेरिकी फौजी कीरा देखिएको छ । झापाको बाह्रदशी, अर्जुनधारा र भद्रपुरका केही स्थानमा अमेरिकी फौजी कीरा देखिएको हो ।केही ठाउँमा अमेरिकी फौजी कीरा देखिएको कृषि ज्ञान केन्द्र झापाका कृषि प्रसार अधिकृत गणेश शिवाकोटीले जानकारी दिनुभयो ।
“ठूलो क्षति गर्ने गरी प्रकोपका रूपमा देखिएको छैन”, उहाँले भन्नुभयो । फौजी कीरा देखिएको ठाउँमा आवश्यक औषधोपचार गरिएको उहाँले बताउनुभयो ।वर्षापछि घाम लाग्दा फौजी कीराको जीवनक्र बढी सक्रिय हुने भएकाले मकैखेती गर्ने कृषकलाई सचेत रहन कृषि ज्ञान केन्द्रले आग्रहसमेत गरेको छ । अमेरिकी फौजी कीरा मकै बालीमा लाग्ने पुतली समूहअन्तर्गत पर्ने रात्रिचर स्वभावको कीरा हो । भर्खर निस्किएको लार्भाले पातको हरियो भाग कोत्रेर खाइदिन्छ ।
यो कीराले क्षति पु¥याएको बिरुवा बढ्दै जाँदा पातमा स–साना प्वाल देखिन्छन् ।“कलिलो अवस्थाको गुभोभित्र बसेर लार्भाले मकैको गुभो खाने गर्छ”, शिवाकोटीले भन्नुभयो, “लार्भाले खाँदै गर्दा पातहरूमा प्रशस्त आलो दिसा देख्न सकिन्छ, मकै बढ्दै गएपछि यसले धानचमर, जुँगा तथा घोगामा समेत नोक्सानी गर्छ ।”
कृषकलाई ४५ लाख अनुदान
प्रदेश नं १ सरकारले मकैखेती प्रवद्र्धनका लागि झापामा रु ४५ लाख अनुदान दिएको छ । मकैको उत्पादन बढाउने उद्देश्यले जिल्लामा तीन सय हेक्टरका लागि प्रतिहेक्टर रु १५ हजारका दरले अनुदान आएको शिवाकोटीले जानकारी दिनुभयो ।
जिल्लामा अनुदानका लागि मागभन्दा धेरै कृषकले आवेदन दिएका छन् । कृषकले सात सय हेक्टरमा खेती गरेको भन्दै अनुदानका लागि आवेदन दिएको कार्यालयले जनाएको छ । आवेदनका आधारमा स्थलगत अनुगमन भइरहेको छ । मकैखेती प्रवद्र्धनअन्तर्गत सरकारले मान्यता दिएका बीउ प्रयोग गरी खेती गरेका सूचीकृत कृषि फार्म, कृषि समूह, कृषकले अनुदान पाउने छन् ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ १, २०८२मोरङमा हाइटेन्सन लाइनबाट वैवाहिक स्थलमा करेन्ट प्रवाह हुँदा २ महिलाको मृत्यु, १ घाइते
-
ताजा जेष्ठ १, २०८२दयाहाङ भन्छन्- ‘महाभोज’ सहकारी पीडित जनताको कथा हो
-
ताजा जेष्ठ १, २०८२‘विश्वकै गरिब राष्ट्रपति’ होसे मुहिकाको निधन
-
ताजा जेष्ठ १, २०८२काठमाडौं बागबजारमा बलात्कारपछि युवतीको हत्या आरोपमा भूपू सैनिक पक्राउ
-
ताजा जेष्ठ १, २०८२रविको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश सुवेदी र मुसलमानको इजलासमा
Comments