
भोजपुरमा सम्बन्धविच्छेदका मुद्दा बढ्दै : एक वर्षमा २३६ वटा सम्बन्ध बिच्छेदका मुद्धा
- श्रावण ३२, २०८० मा प्रकाशित

भाेजपुर । पहाडी जिल्ला भोजपुरमा पछिल्लो समयमा सम्बन्धविच्छेदका घटनामा वृद्धि हँुदै गएको छ । जिल्ला अदातलको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७९÷०८० मा अदालतमा दुई सयभन्दा बढी मुद्दा दर्ता भएका छन् ।जिल्ला अदालत भोजपुरका से्रस्तेदार मोहन घिमिरेले गत आवमा भोजपुरमा दुई सय ३६ वटा सम्बन्धविच्छेदका घटना दर्ता भएको जानकारी दिनुभयो । “भोजपुर अदालतमा दर्ता हुने मुद्दामा सम्बन्धविच्छेदका घटना पनि बढी छन्, पतिपत्नीको असमझदारीका कारण मुद्दा दर्ता बढी देखिन्छ”, उहाँले भन्नुभयो ।
गत आवमा दर्ता भएका मुद्दामध्ये एक सय ८३ वटा मुद्दा फर्छ्योट भइसकेका छन् भने ५३ वटा मुद्दा विचाराधीन अवस्थामा रहेको छ ।जिल्ला अदालतमा दर्ता भएको सम्बन्धविच्छेदको सङ्ख्याले समाज र परिवारमा पतिपत्नीबीचको सम्बन्ध नाजुक अवस्थामा रहेको देखाएको छ । जिल्लामा पछिल्लो समयमा सम्बन्धविच्छेद गर्नेको सङ्ख्या बढ्दो छ । श्रीमान् वैदेशिक रोजगारीमा गएको, बालविवाह, महिलामा आएको चेतना र श्रीमान्ले श्रीमतीको समान अस्तित्व स्वीकार नगर्नेजस्ता कारण सम्बन्धविच्छेदका मुख्य कारण रहेको देखिएको छ ।
सम्बन्धविच्छेदको घटनामा करिब ७५ प्रतिशत घटना वैदेशिक रोजगारीका कारण भएको देखिएको छ । स्वतन्त्रपूर्वक बस्न सकिन्छ भन्ने मानसिकता बढेका कारण पनि पछिल्लो समयमा सम्बन्धविच्छेदका घटना बढ्न थालेको बुझाइ सामाजिक अभियन्ता अशोक खतिवडाको छ । “आर्थिक, सामाजिक, पारिवारिकरूपमा आत्मनिर्भरतामा वृद्धि भएकाले पतिपत्नीबीच खटपट उत्पन्न भएमा स्वतन्त्ररूपमा बस्न सक्छु भन्ने आत्मविश्वास बढेकाले पनि सम्बन्धविच्छेदका घटना अहिले सामान्य हुन थालेको छ”, खतिवडाले भन्नुभयो ।
सम्बन्धविच्छेद बढ्नुका मुख्य कारण अन्तर्राष्ट्रिय श्रम बजार पनि बनेको छ । कामको खोजीका साथ पैसा, प्रतिष्ठा कमाउन वैदेशिक रोजगारीमा जाने क्रम बढ्दो छ, लामो समयसम्म श्रीमान्श्रीमती टाढिँदा दूरीका कारण पनि एकापसमा विश्वास घटेर शङ्का उपशङ्का पैदा हुने गरेका कारण पनि सम्बन्धविच्छेदको बाटो खुल्ने गरेको स्थानीय कृष्णमाया तामाङको बुझाइ रहेको छ ।
सम्बन्धविच्छेदपछि तत्कालका लागि राहत पाएको महसुस गरिने भए पनि दीर्घकालीनरूपमा समाज र परिवारमा धेरै कठिनाइसँग सामना गर्नुपर्ने अवस्था आउन सक्ने बुझाइ अधिकारकर्मीको छ । स्थानीय तहमा गठन भएका न्यायिक समितिले समेत सम्बन्धविच्छेदका कतिपय घटनामा पूर्वमेलमिलापका लागि सहजीकरण गर्ने गरेको छ ।
महिलामाथि हुने घरेलु हिंसाका कारणले सम्बन्धविच्छेदका घटना बढेको अधिकारकर्मीको धारणा छ । स्थानीय सरकार र सरोकारवालाले घरेलु हिंसा न्यूनीकरण गर्न विभिन्न कार्यक्रम ल्याए पनि महिलामाथि हुने हिंसामा कमी नआएका कारण पनि सम्बन्धविच्छेदका मुद्दा बढ्न गएको मानवअधिकार रक्षक महिला सञ्जाल भोजपुर अध्यक्ष लीलामाया तामाङले बताउनुभयो ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ १, २०८२मोरङमा हाइटेन्सन लाइनबाट वैवाहिक स्थलमा करेन्ट प्रवाह हुँदा २ महिलाको मृत्यु, १ घाइते
-
ताजा जेष्ठ १, २०८२दयाहाङ भन्छन्- ‘महाभोज’ सहकारी पीडित जनताको कथा हो
-
ताजा जेष्ठ १, २०८२‘विश्वकै गरिब राष्ट्रपति’ होसे मुहिकाको निधन
-
ताजा जेष्ठ १, २०८२काठमाडौं बागबजारमा बलात्कारपछि युवतीको हत्या आरोपमा भूपू सैनिक पक्राउ
-
ताजा जेष्ठ १, २०८२रविको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश सुवेदी र मुसलमानको इजलासमा
Comments