
भोजपुरमा आत्महत्या बढ्दै, न्यूनीकरण गर्न प्रहरीको सचेतना अभियान
- आश्विन ३, २०७९ मा प्रकाशित
भोजपुर । भोजपुरमा आत्महत्याका घटना हरेक वर्ष बढ्ने गरेको तथ्याङ्कले देखाएको छ । नेपाल प्रहरी कार्ययोजना–२०७९ अन्तर्गत आज (आइतबार) सुरु आत्महत्या न्युनीकरण कार्यक्रमअनुसार भोजपुर प्रहरीले थालेको सचेतना अभियानक्रममा यस्तो जानकारी गराइएको हो ।
आत्महत्याका घटना निरुत्साहित गर्ने उद्देश्यले प्रहरीले सचेतना अभियान सुरु गरेको हो । यो कार्यक्रम देशभर आजसुरु भएको हो । आत्महत्या न्यूनीकरणका लागि प्रहरीले जिल्ला सदरमुकाममा विद्यार्थी र सरोकारवाला निकायसहित करिब नौ सय जनाको सहभागितामा कार्यक्रम गरेको छ ।
जिल्ला प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक नितेशकुमार सिंहले भोजपुरमा आत्महत्याका घटनाको विवरण सार्वजनिक गर्दै चालु आर्थिक वर्ष २०७९/०८० मा समेत आत्महत्याका आठ घटना भइसकेको जानकारी दिए । आर्थिक वर्ष ०७६/०७७ मा ४३, ०७७/०७८ मा ५१ र ०७८/०७९ मा पनि आत्महत्याका ५१ घटना भएको उनले जानकारी दिए ।
देशभर बढ्दो आत्महत्या दरलाई न्यूनीकरण गर्न आम नागरिकलाई सुसूचित गराउने उद्देश्यले सरोकारवाला निकायको सहभागितामा विश्व आत्महत्या रोकथाम दिवस अवसरमा पारेर देशव्यापी रूपमा सचेतना कार्यक्रम सुरु भएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक शरतकुमार थापा क्षेत्रीले बताए ।
सदरमुकाममा आयोजित कार्यक्रममा प्रहरी निरीक्षक सिंह, स्वास्थ्य कार्यालयका प्रमुख सुमन तिवारी र जिल्ला अस्पतालका चिकित्सक राजकुमार गजमेरले सहभागीलाई आत्महत्याका विषयमा सचेत गराएका थिए । कार्यक्रमका सहभागीले पछिल्लो समयमा बढ्दै गएका आत्महत्याका घटना न्यूनीकरणमा सबै पक्षले भूमिका निर्वाह गर्नुपर्ने धारणा राखे ।
जिल्ला प्रहरी कार्यालयको आयोजनामा भएको कार्यक्रम प्रभावकारी भएकाले यसलाई समुदाय स्तरमा पनि लान सकिए अझै प्रभावकारी हुने कार्यक्रममा सहभागी भोजपुर एकाडेमीका शिक्षक सञ्चय रम्तेलले बताए ।
आत्महत्या न्यनुीकरण, दुर्व्यसनलगायत विषयमा ज्ञान पाएको विद्यार्थीको प्रतिक्रिया छ । कार्यक्रमका अन्य सहभागीले आत्महत्या न्यूनीकरण पूर्णरूपमा एकै पटक गर्न नसकिए पनि समयमै लक्षण पहिचान गर्न सकिए एक जनाको भए पनि ज्यान जोगाउन सहयोग पुग्ने बताएका थिए ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments