•  ९ चैत्र २०८१
  •  11:42:14 AM

भैंसेपाटीमा माइक्रोले ठक्कर दिँदा पैदलयात्री महिलाको मृत्यु

- पुष १६, २०८१ मा प्रकाशित



काठमाडौं । ललितपुरको भैंसीपाटीमा माइक्रो बसले ठक्कर दिँदा एक पैदलयात्री महिलाको मृत्यु भएको छ। सोमबार साँझ लललिपुर महानगरपालिका १८ सिकाली चोकमा बा ३ ख ३१०२ नम्बरको माइक्रो बसले ठक्कर दिँदा सडक किनारमा पैदल हिँडिरहेकी ३५ वर्षीया गोमा लुंगेली मगरको मृत्यु भएको महानगरीय ट्राफिक प्रहरीका प्रवक्ता एसपी रन्जय राउतले जानकारी दिए ।

रामेछाप जिल्लाको रामेछाप नगरपालिका– ७ स्थायी घर भइ हाल ललितपुरकै मगरगाउँ बस्दै आएकी लुंगेलीको उपचारको क्रममा मृत्यु भएको हो । लापरबाहीपूर्ण ढंगले तीव्र गतिमा चलाइएको माइक्रो सुरुमा बिजुलीको पोलमा ठोकिएको थियो । ‘बिजुलीको पोलमा ठोक्किएर अनियन्त्रित भएको माइक्रोले पैदल हिँडिरहेकी महिलालाई ठक्कर दिँदा घटना भएको हो,’ एसपी राउतले भने ।

दुर्घटनामा गम्भीर घाइते गोमाको उपचारको क्रममा पाटन अस्पतालमा मृत्यु भएको हो । उक्त माइक्रोले नजिकै रोकिराखेको बा ७ च ५९८७ नम्बरको बोलेरोलाई पनि ठक्कर दिएर क्षति पुर्‍याएको एसपी राउतले बताए । बोलेरोमा ठोकिएपछि उक्त माइक्रोले एउटा पसलमा समेत क्षति पुर्‍याएको छ ।

Comments

सम्बन्धित खवर