
भूकम्पपीडितका लागि राहत सामग्री बोकेको ट्याक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु, ९ घाइते
- पुष ५, २०८० मा प्रकाशित

रुकुमपश्चिमको आठबीसकोट नगरपालिकाको कोट च्यारीगाउँ खोला नजिकै ट्याक्टरदुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ।आठबीसकोट–१० पिरिकोट भित्री सडकखण्डको वडा नं ८ स्थित घर्तीगाउँ जाँदै गरेको रा१द १४ नम्बरको ट्याक्टरगएराति १० बजे दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको रूकुम पश्चिम प्रहरी प्रमुख डिएसपी नमराज भट्टराईले जानकारी दिए।
दुर्घटनामा परी आठबिसकोट नगरपालिका – १० नाउलाका ४६ वर्षीय लोकबहादुर शाही, उनकी श्रीमती ४२ वर्षीया चुकी शाही, सोही वडाको भईडाँडाका ५२ वर्षीय भर्दर सार्की, आठबिसकोट – ८ सार्कीडाँडाका ४८ वर्षीय धनराम सार्की र सोही ठाउँकी ४७ वर्षीया निर्मला सार्कीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डिएसपी भट्टराइले सेतोपाटीलाई बताए।उनीहरूको शव नगर अस्पताल आठबिसकोटमा राखिएको छ।दुर्घटनामा अन्य ९ जना घाइते भएका छन्।
घाइतेहरूमा आठबिसकोट – ८ का ४१ वर्षीय खड्कबहादुर पुन, आठबिसकोट – १० का ३८ वर्षीय रमेश कार्की, आठबिसकोट – ८ का १४ वर्षीय दलबहादुर पुन, सोही ठाउँका ५६ वर्षीय कुमार घर्ती, ३४ वर्षीया रमा गुरुङ सार्की, ५१ वर्षीय जगबिर सार्की, ३६ वर्षीय जयबहादुर सार्की, ५८ वर्षीय मने सार्की र ४२ वर्षीय मदन पुन छन् ।
दुर्घटना हुँदा उनीहरू उछिट्टिएर बाहिर पुगेको डिएसपीले भट्टराइले जानकारी दिए। उनीहरुको पनि नगर अस्पतालमा उपचार भइ रहेको प्रहरीले छ ।
घाइतेमध्ये तीन जनालाई बढी चोट लागेको तथा एकजनाको अवस्था गम्भीर रहेको डिएसपी भट्टराइले जानकारी दिए।
आठबिसकोट – १० को तिरीकोटको भित्री सडक खण्ड अन्तर्गत नगरपालिकाको कार्यालय राडीबाटभूकम्पपी डितहरुका लागि अस्थायी टहरा निर्माणका लागि जस्तापाता तथा राहत सामग्री ट्याक्टरमा लगिँदै थियो।
घुम्तिमा मोड्ने क्रममा ट्याक्टर सडकबाट अन्दाजी ३० मिटर तलको मोडमा खसेको डिएसपी भट्टराईले जानकारी दिए।
दुर्घटना लगत्तै फरार भएका चालक आठबिसकोट – ९ जाल्देनका २१ वर्षीय गोपाल विकलाई बिहीबार बिहान १:५० बजे नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ ।घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments