
भीम रावललाई विराटनगरमा दुर्गा प्रसाई र एकीकृत समाजवादीका नेता–कार्यकर्ताको स्वागत
- पुष २०, २०८१ मा प्रकाशित

इटहरी । नेकपा एमालेबाट निष्काशित भएपछि नयाँ पार्टी गठनको तयारीमा रहेका नेता भीम रावललाई विराटनगरमा एकीकृत समाजवादी र दुर्गा प्रसाई समर्थकहरुले भव्य स्वागत गरेका छन् । आज (शनिबार) विराटनगर पुगेका रावललाई स्वागत गर्न नेकपा एकीकृत समाजवादीका नेता–कार्यकर्ता र दुर्गा प्रसाईका समर्थक विमानस्थलमा पुगेका छन् ।
नेता रावललाई स्वागत गर्न एकीकृत समाजवादीका नेता वसिम आलाम नेतृत्वको समूह विमानस्थल पुगेको हो । आलाम एकीकृत समाजवादीका केन्द्रीय सदस्य हुन् । यस्तै, रावललाई स्वागत गर्न सतिस पोख्रेलको समूह पनि विराटनगर पुगेको थियो । उनी राजसंस्था फर्काइनु पर्छ भन्दै अभियान सञ्चालन गर्दै आएका छन् । उनी दुर्गा प्रसाईले नेतृत्व गरेको राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ अभियानमा समेत आबद्ध छन् ।
विमानस्थलबाट नेता रावल भरौल भेट्रान गोल्ड फुटबल प्रतियोगिताको आयोजकको गाडी चढेर सुनसरी गएका छन् ।सुनसरीमा भरौल भेट्रान क्लबले आयोजना गर्ने अन्तर्राष्ट्रिय आमन्त्रण भरौल भेट्रान गोल्ड फुटबल प्रतियोगिताको उद्घाटन गर्न रावल सुनसरी आएका हुन् । तर, उद्घाटनका लागि आएपनि प्रतियोगिता भने अन्तिम समयमा आएर सरेको छ । प्राविधिक कारण देखाउँदै आयोजकले शुक्रबार साँझ अचानक प्रतियोगिताको उद्घाटन सरेको जनाएको छ।
कार्यक्रममा पुग्नुअघि विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै रावलले एमालेका सबै नेताले अध्यक्ष केपी ओलीको ठट्टा र उखान टुक्का सिकिसकेको टिप्पणी गरेका छन् । आफूले उठाएको सत्यतथ्य कुरा खण्डन गर्न नसकेपछि एमाले नेताहरूले लुरे तर्क गरेको बताए । ‘उहाँ (ओली) को एउटै मूल मन्त्र भनेको बामाले हो । बामाले भनेको बाको मात्र नाम लिने हो । अर्काे जसरी हुन्छ पद लेऊ हो ।’
पहिलेको एमाले अहिले रंग खुइलिएर बामालेमा परिणत भएको उनले आरोप लगाए । उनले कांग्रेस र एमालेलगायत दलको सत्ता समीकरणलाई खिचडीको संज्ञा दिए । ‘एउटा दल बन्न समान दर्शन, विचार र कार्यक्रम हुनुपर्छ । मेरो राष्ट्रको झण्डा जस्तै स्पष्ट छ । नेपाललाई नेपाल जस्तो बनाऊ भन्ने छ भाले न पोथी खिचडी त्यही छन् म छैन,’ उनले भने । जनताका कुरा सुनेर मात्रै दल दर्ता गर्ने उनले बताए ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ १, २०८२मोरङमा हाइटेन्सन लाइनबाट वैवाहिक स्थलमा करेन्ट प्रवाह हुँदा २ महिलाको मृत्यु, १ घाइते
-
ताजा जेष्ठ १, २०८२दयाहाङ भन्छन्- ‘महाभोज’ सहकारी पीडित जनताको कथा हो
-
ताजा जेष्ठ १, २०८२‘विश्वकै गरिब राष्ट्रपति’ होसे मुहिकाको निधन
-
ताजा जेष्ठ १, २०८२काठमाडौं बागबजारमा बलात्कारपछि युवतीको हत्या आरोपमा भूपू सैनिक पक्राउ
-
ताजा जेष्ठ १, २०८२रविको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश सुवेदी र मुसलमानको इजलासमा
Comments