
भारी वर्षाले मुम्बई जलमग्न, रोकिए रेल, १४ उडान ‘डाइभर्ट’
- आश्विन १०, २०८१ मा प्रकाशित

एजेन्सी । भारी वर्षाका कारण भारतको मुम्बई जलमग्न भएको छ।भारतको आर्थिक राजधानी मानिने मुम्बई र आसपासका क्षेत्रमा भारी वर्षा भएको हो। जसका कारण तल्लो क्षेत्र डुबानमा परेका छन्। धेरै उपनगरीय क्षेत्र पनि डुबानमा परेको बीबीसी हिन्दीले जनाएको छ।
जसका कारण स्थानीय रेल रोकिएका छन् भने मुम्बई आउने कम्तीमा १४ उडान डाइभर्ट गरिएको छ। भारी वर्षाका कारण बृहन्मुम्बई महानगरपालिकाले आज (बिहीबार) सबै विद्यालय र कलेजमा बिदा दिएको छ।
मुम्बई प्रहरीले सहर र वरपरका क्षेत्रका मानिसहरूलाई सकेसम्म घरभित्रै बस्न आग्रह गरेको छ।अविरल वर्षाका कारण बुधबार थानेको मुम्ब्रा नजिकै राति साढे ९ बजे पहिरो गएको थियो। जसका कारण उक्त क्षेत्रमा तीन घण्टाभन्दा बढी समयसम्म ट्राफिक जाम भएको थियो।भारतीय मौसम विभागका अनुसार मुम्बई र आसपासका विभिन्न स्थानमा सेप्टेम्बर २७ सम्म भारी वर्षा जारी रहने सम्भावना छ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments