
भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
- बैशाख २६, २०८२ मा प्रकाशित

एजेन्सी । अमेरिकाले भारत र पाकिस्तानलाई एकअर्काविरुद्ध आक्रमण रोक्न आग्रह गरेको छ । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता ट्यामी ब्रुसले पत्रकार सम्मेलनमा उक्त अपिल गरेकी हुन् ।
पत्रकारहरूको प्रश्नको जवाफमा ब्रुसले भनिन्, ‘अमेरिकाको सन्देश हिंसा, सैन्य कारबाही र युद्ध बन्द हुनुपर्छ भन्ने हो। मध्य पूर्वमा यो प्रमाणित भइसकेको छ कि युद्धबाट कुनै पनि समाधान निस्कँदैन ।’ उनले थपिन्, ‘युद्ध, सेना र हिंसा समाधान होइनन् । नयाँ विचार र कूटनीति नै पुस्तौंदेखि चल्दै आएको हिंसा र समस्या रोक्ने एक मात्र समाधान हो ।’
अमेरिकी मध्यस्ताबारे के भनिन् ?
भारत र पाकिस्तानबीच मध्यस्थताको प्रश्नमा ट्यामी ब्रुसले भनिन्, ‘जब सम्बन्धित देशका नेताहरू कूटनीतिक वा कुनै पनि स्तरमा कुरा गरिरहेका हुन्छन्, तब हामी यसको जानकारी साझा गर्दैनौं । यो हाम्रो नीति हो ।’
उनले भनिन्, ‘हामीलाई लाग्छ– जब नेताहरूले व्यक्तिगत स्तरमा कुरा गरिरहेका हुन्छन्, त्यसका विवरण मिडियामा सार्वजनिक गर्नु जरुरी हुँदैन ।’ यद्यपि, ट्यामी ब्रुसले भारत र पाकिस्तानबीच कुनै पनि प्रकारको मध्यस्थताको न त पुष्टि गरिन् न अस्वीकार ।
अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भारतीय विदेशमन्त्री एस जयशंकर र पाकिस्तानी प्रधानमन्त्री शाहबाज शरिफसँग फोनमा कुराकानी गरेको जानकारी पनि दिइन् । यस क्रममा रुबियोले दुवै देशका नेताहरूलाई तनाव कम गर्न र हिंसा रोक्न आग्रह गरे । उनले प्रत्यक्ष वार्तामा पनि जोड दिए।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments