
भारत बाढी : ४५ वर्षपछि ताजमहल छिर्यो यमुनाको पानी
- श्रावण १, २०८० मा प्रकाशित

एजेन्सी । भारतमा लगातारको वर्षापछि आएको बाढी र पहिरोले जनजीवजन कष्टकर बनेको छ। उत्तर भारतमा थप भारी वर्षाको अनुमान गरिएको छ।आगराको यमुना नदीले आइतबार बिहान खतराको स्तर पार गरेको छ। ४५ वर्षपछि यमुनाको पानी ताजमहलको पर्खालमा पुगेको छ।
दिल्लीमा यमुनाको पानीको स्तर केही घटेको छ, तर यो अझै पनि खतराको चिन्ह २०५.३३ मिटर माथि बगिरहेको छ। गढमुक्तेश्वरमा पनि गंगाको जलस्तर १३ वर्षपछि पहेँलो निशानभन्दा माथि छ। ब्रजघाटमा गंगाको पानी आरती स्थल नजिकैको सिँढीमा पुगेको छ। हिमाचल प्रदेशमा पनि आइतबार धेरै जिल्लामा पानी परेको छ।
मौसम पूर्वानुमान महाशाखाको पछिल्लो पूर्वानुमानमा राज्यका सबै जिल्लामा भारी वर्षा हुने चेतावनी दिइएको छ। यस अवधिमा केही स्थानमा बादल फाट्ने र बाढी आउन सक्ने चेतावनी दिइएको छ। दिल्लीमा पनि तीन दिनसम्म हल्का वर्षाको सम्भावना रहेको छ।
आइतबार उत्तर प्रदेशका अधिकांश जिल्लामा वर्षा भएको थियो। जसकारण नदीमा पानीको बहाव निरन्तर बढिरहेको छ। आगराको दक्षिणी किनारमा एटमदौलाको यमुना किनारमा रहेको चेम्बरमा एकदेखि डेढ फिटसम्म पानी भरिएको छ। ताजमहलको छेउमा यमुनाको किनारमा बनेको बगैँचा बाढीले बगाएको थियो।
यसअघि सन् १९७८ को बाढीमा यमुनाको पानी ताजमहलको तहखानेसम्म पुगेको थियो। सीमावर्ती गाउँमा पानी डुबेको छ । प्रशासनले रेड अलर्ट जारी गरेको छ।
आइतबार हिमाचल प्रदेशका अधिकांश स्थानमा पानी परेको छ। मण्डीमा घरको छाना खस्दा दुई जनाको मृत्यु भएको छ भने पदयात्रा गर्न गएका दुई जनाको शव हिउँमा पुरिएको अवस्थामा फेला परेको छ । रातभरको वर्षाका कारण बद्रीनाथ र हेमकुण्ड यात्राका १५ सयभन्दा बढी तीर्थयात्री अलपत्र परेका छन्।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments