
भारतीय बजारबाट भित्रिने मल गुणस्तरहीन
- श्रावण १९, २०७९ मा प्रकाशित
झापा । भारतीय सीमावर्ती बजारबाट अवैध रुपमा नेपाल भित्र्याइने रासायनिक युरिया मल गुणस्तरहीन भएको प्रमाणित भएको छ ।सरकारले किसानलाई समयमा युरिया मल उपलब्ध गराउन नसक्दा सीमा नजिकै बसोबास गर्ने नेपाली कृषकहरूलाई लक्षित गरी तस्कर समूहले अवैध रुपमा भारतबाट मल भित्र्याउँदै आएको छ ।
चोरी तस्करी गरी खुला नाकाबाट भित्र्याइएको त्यस्ता मल सशस्त्र र नेपाल प्रहरीले बरामद गरी भन्सार बुझाएको छ । सशस्त्र र नेपाल प्रहरीले विभिन्न मितिमा बरामद गरी बुझाएका भारतीय विभिन्न ब्रान्डका दुई सय बोराभन्दा बढी मल भद्रपुर भन्सार कार्यालय परिसरमा लिलामका लागि राखिएको छ ।
लिलामका लागि राखिएको मल परीक्षणका लागि पठाउँदा गुणस्तरहीन प्रमाणित भएर आएको भद्रपुर भन्सार कार्यालयका प्रमुख रामेश्वरकुमार मिश्रले जानकारी दिए । भन्सारले पहिलो पटक २०७८ चैत २८ गते ५४ बोरा मल लिलामका लागि सूचना जारी गरेको थियो । भद्रपुरको प्रेरणा टे«डर्सले मल लिन स्वीकार गरेको थियो ।
त्यसपछि भन्सारले मलका केही बोराबाट नमूना निकालेर प्रेरणा टे«डर्सलाई भन्सारको पत्रसहित माटो तथा मल परीक्षण प्रयोगशाला झुम्का सुनसरी पठाएको थियो । प्रयोगशालाले ४२ दशमलव ३ प्रतिशत नाइट्रोजनको मात्रा रहेको भन्दै गुणस्तरहीन प्रमाणित गरिदिएकोले मल लिलाम हुन नसकेको भन्सार प्रमुख मिश्रले बताए ।
‘मलको नाइट्रोजन मात्रा ४६ प्रतिशत हुनु पर्छ उनले भने– ‘४६ प्रतिशत भन्दा कम नाइट्रोजन मात्रा भएको मललाई लिलामी प्रक्रियाबाट कसरी कृषकको खेतमा पठाउनु, त्यसले अन्नबालीमा हानी गर्दा कसले जिम्मा लिन्छ, जिम्मा त भन्सारले लिनुपर्छ, त्यसैले लिलाम हुन सकेन ।’
‘मल मात्र नभई अन्य खाद्यान्न वस्तुहरूको पनि लिलाम गराउँदा अनिवार्य खाद्यान्न परीक्षण गराएर मात्र पठाउँछौँ,्’– उनले भने । प्रयोगशाला पठाएर मल परीक्षण गराएर ल्याउँदा १२ हजार रुपैयाँ आफ्नै खर्च लागेको प्रेरणा टे«डर्सका सुबोध कोठारीले जानकारी दिए । अरू भन्सारहरूले लिलाम गराउँदा मलसहित अन्य कुनै पनि उपभोग्य वस्तुलाई परीक्षणका लागि पठाउँदैन, पहिला भद्रपुर भन्सारले पनि पठाउँदैन थियो– उनले भने –अहिले भन्सारले परीक्षण गरी मात्र वस्तु लिलाम गरी लैजाने प्रावधान लागू गरेकोले सरसामानहरू भन्सारभित्रै त्यतिकै थन्किने भयो ।
मलका बोराहरू चार महिनादेखि भन्सारभित्रै थन्क्याइएको छ । भन्सारको मुद्दा शाखाले मलको परिणाम र रकम तोकेर पटक–पटक लिलाम सम्बन्धी सूचना टाँस गर्दै आएको छ । भन्सारको झन्झटिलो कानूनी प्रक्रियाले गर्दा कोही पनि लिलामको सरसामान लिन अगाडि बढेको छैन ।
वर्तमान भन्सार प्रमुख रामेश्वरकुमार मिश्र आउनुभन्दा पहिला भन्सारले कुनै पनि वस्तुको लिलाम सम्बन्धी सूचना टाँस गर्दा सरसामान लिन भन्सारमा कारोबारी र व्यापारीको तँछाडमछाड नै हुन्थ्यो ।
सामान लिने व्यक्तिले बाहिरी वातावरण मिलाउन पीसी (कमिसन) रकम समेत बाँड्नु पथ्र्योे । तर, अहिले लिलाम सम्बन्धी सूचना निकाल्दा डाक बढाबढमा सहभागी हुन व्यापारी र कारोबारीलाई भन्सार कर्मचारीले नैै बोलाउनु पर्ने अवस्था आएको छ ।
मल मात्र नभएर भन्सारमा खाद्यान्न सामग्री पनि लिलाम नहुँदा गोदामभित्रै कुहिन थालिसकेको बताइएको छ । बर्षोदेखि सवारीसाधन लिलाम नहुँदा भन्सार परिसरमा ठूला तथा साना सवारीसाधनहरु कवाडीमा परिणत भइसकेको व्यापारीहरूले बताएका छन् ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २९, २०८२आज वैशाख शुक्ल पूर्णिमा : चण्डी पूर्णिमा, उँभौली पर्व मनाईँदै
-
ताजा बैशाख २९, २०८२बुद्ध जयन्तीको कार्यक्रममा सहभागी हुन लुम्बिनी पुगे प्रधानमन्त्री
-
ताजा बैशाख २९, २०८२झापाका रैथाने जङ्गली हात्तीको पहिचान र नामकरण
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
Comments