
भारतीय टेस्ट कप्तान बन्दै ऋषभ पन्त !
- फाल्गुन ४, २०७८ मा प्रकाशित
काठमाडौं: विराट कोहलीले भारतीय टीमका लागि तीनै प्रारूपको क्रिकेटमा कप्तानी छोडिसकेका छन् । उनको ठाउँमा रोहित शर्माले एक दिवसीय र टी–२० क्रिकेटमा कप्तानी गरिरहेका छन् । कोहलीले एक्कासी टेस्ट टोलीको कप्तानी छोडेपछि भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले टेस्टको नयाँ कप्तान कसलाई बनाउने भन्ने छलफलमा जुटेको छ ।
कोहलीको ठाउँमा नयाँ टेस्ट कप्तानको रूपमा ऋषभ पन्त फिट रहेको भारतका पूर्व कप्तान सुनिल गावस्कर बताउँछन्। उनी भन्छन्, ‘पन्तबाट म पछिल्लो समय निकै प्रभावित भएको छु। र, अब उनलाई टेस्ट टोलीको कप्तानी दिनुपर्छ ।’
पन्त एक मात्र स्टार खेलाडी हुन् जो नयाँ टेस्ट कप्तान बन्ने दावेदार छन् । पन्तले केप टाउनको कठिन पिचमा गत महिना दक्षिण अफ्रिकाविरुद्ध खेलेको टेस्ट सिरिजमा उत्कृष्ट प्रदर्शन गरेका थिए । दक्षिण अफ्रिकाविरुद्धको टेष्ट सिरिजमा पन्तको आक्रामक खेल देखिएको थियो। पन्तको यो स्टाइललाई फ्यानहरूले मन पराएपछि उनलाई कप्तान बनाउने माग उठेको थियो ।
पन्त किन टेस्ट कप्तान बन्नुपर्छ ?
रोहित शर्मा अहिले ३४ वर्षका भइसकेका छन् । यदि बीसीसीआईले भविष्यको बारेमा सोचिरहेको छ भने शर्मालाई टेस्ट कप्तान बनाउन चाँहदैन्। उनी करियरको अन्ततिर आइपुगेका छन् । यस्तो अवस्थामा २४ वर्षीय पन्तले टेस्ट क्रिकेटको कप्तानी पाउन सक्छन्। कोहलीले २७ वर्षको उमेरमा टेष्टको कप्तानी पाएका थिए भने २९ वर्षको उमेरमा एकदिवसीय र टी–२० को कप्तानी पाएका थिए।
बीसीसीआईको लक्ष्य पन्तलाई नयाँ कप्तानको रुपमा तयार गर्ने हो। यदि भारतले नयाँ कप्तान बनाउने हो भने पन्त राम्रो विकल्प हुन्। उनले राम्रो प्रदर्शन गरिरहेका छन्। पन्तले वानडे र टी–२० खेलमा समेत राम्रो प्रदर्शन गरिरहेका छन् । -न्युज कारखाना

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments