
भारतसँग पराजयपछि कप्तान बर्मा- यसपटक धेरै सिक्ने अवसर पायौँ, टोलीको खेलमा गर्व छ
- श्रावण ९, २०८१ मा प्रकाशित

काठमाडाैं । एसीसी महिला एसिया कपमा साविक विजेता भारतसँग ८२ रनले पराजित भएपछि नेपाली राष्ट्रिय क्रिकेट टोलीकी कप्तान इन्दु बर्माले आफूहरू अझै बलियो भएर आउने बताएकी छिन्।
खेलपछि कप्तान बर्माले भनिन्, ‘यसपटक हामीले धेरै सिक्ने अवसर पायौँ। भारत र पाकिस्तानविरुद्धको खेलमा सिक्ने राम्रो मौका मिल्यो।’ उनले थपिन्, म मेरो टोलीको खेलप्रति गर्व गरिरहेको छु। हामी राम्रो खेलेका थियौँ, केही कमजोरीहरु थिए त्यसलाई सुधार गर्दै आउने दिनमा अझै राम्रो गर्नेछौँ।’
नेपालले तेस्रोपटक एसिया कप खेल्ने मौका पाएको हो। यसअघि सन् २०१२ र २०१६ मा नेपाल जितविहीन हुँदै एसिया कपको समूह चरणबाटै बाहिरिएको थियो। तर यसपटक भने युएईलाई हराउँदै नेपालले एसिया कपमा ऐतिहासिक एउटा जित दर्ता गरेको छ।
खेलपछि भारतीय टोलीकी कप्तान स्मृति मन्दनाले खेलमा नेपाली टोलीको अनुहारमा देखिएको मुस्कानले आफूहरूलाई आकर्षित गरिरहेको बताइन्। उनले भनिन्, ‘अन्य टोलीहरू हार्ने अवस्थामा हुँदा उनीहरूको अनुहारमा त्यो भाव हुँदैन, जुन नेपाली टोलीको अनुहारमा थियो। उनीहरू हरेक बलमा रमाइलो गरेर खेलिरहेका छन्। आशा छ, नेपालले अझै एक्सपोजर पायो भने राम्रो गर्नेछ।’
मंगलबार राति भएको समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल भारतसँग पराजित भएपछि समूह चरण पार गर्न भने सकेन।समूह चरणको पहिलो खेलमा युएईमाथि ६ विकेटको ऐतिहासिक जित निकाल्दै सानदार सुरुवात गरे पनि दोस्रो खेलमा पाकिस्तानविरुद्ध ९ विकेटको फराकिलो हार व्यहोर्न पुग्यो।
समूह ए मा नेपालविरुद्धको जितसँगै भारत अपराजित रहँदै सेमिफाइनलमा पुगेको छ। भारतले ३ खेलबाट ६ अंक बनाएको छ। २ खेलमा जित र १ खेलमा हार भोगेको पाकिस्तान दोस्रो स्थानमा रहँदै अन्तिम चारमा पुगेको हो।२ अंक जोडेको नेपाल तेस्रो स्थानमा रहेर एसिया कप यात्रा सकाएको छ। युएई भने समूह चरणका सबै खेलमा पराजित हुँदै अंक तालिकाको पुछारमा रहेर घर फर्किएको छ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments