
भारतलाई हराउँदै पाकिस्तानले जित्यो एसीसी इमर्जिङ कपको उपाधि
- श्रावण ८, २०८० मा प्रकाशित

काठमाडाै । श्रीलंकामा जारी एसीसी इमर्जिङ कप क्रिकेट प्रतियोगिताको उपाधि पाकिस्तानले हात पारेको छ। श्रीलंकामा भएको प्रतियोगिताको उपाधि भिडन्तमा पाकिस्तान ‘ए’ भारतलाई १२८ रनले हराउँदै उपाधि उचालेको हो। नेपालसमेत सहभागि प्रतियोगिताको फाइनल भिडन्तमा पहिले ब्याटिङ गर्दै पाकिस्तानले पूरै ५० ओभर खेलेर ८ विकेटको क्षतिमा ३५२ रन बनाएको थियो।
जवाफी ब्याटिङमा उत्रिएको भारत ‘ए’ ४० ओभरमा अलआउट हुँदै २२४ रनमा समेटियो। पाकिस्तानले दिएको ३५३ रनको लक्ष्य पछ्याएको भारत २ सय २४ रनमै अलआउट भएको हो।पाकिस्तानलाई उपाधि जिताउने क्रममा तैय्यब ताहिरले ७१ बलमा १ सय ८ रनको सानदार पारी खेले।जवाफी ब्याटिङमा उत्रिएको भारतका लागि सर्वाधिक ६१ रन अभिषेक शर्माले बनाए। त्यसैगरी, यश धुलले ३९ रन जोडे।
साइ सुदर्शनको नाममा २९ रन रह्यो। भारतका अन्य ब्याट्सम्यानले सम्झनलायक प्रदर्शन गर्न सकेनन्। पाकिस्तानलाई जिताउने क्रममा सुफियान मुकिमले ३, मोहम्मद वासिमले २, मेहरन मुम्ताजले २ र अर्साद इकबालले २ विकेट लिए। यसअघि टस हारेर पहिले ब्याटिङमा उत्रिएको पाकिस्तानले उत्कृष्ट ब्याटिङ गर्दै आफ्नो स्कोर ३५२ मा पुर्याएको थियो।
पाकिस्तानको स्कोर साढे ३ सयमाथि लैजाने क्रममा तैय्यब ताहिरले ७१ बलमा विस्फोटक १०८ रनको शानदार पारी खेले। उनले १२ चौका र ४ छक्का पनि हाने। मुबासिर र तैय्यबबीच छैटौँ विकेटका लागि शतकीय साझेदारी भएको छ। टिमलाई पाँचौँ झट्का १८६ रनमा लागेको थियो। तर पाकिस्तानले स्कोर बढाएर साढे ३५२ रनमा पुर्याएको हो।पाकिस्तानका स्याम अयुब ५९ नर बनाएर आउट भए। उनलाई मानव सुथारले पवेलियन पठाए। साहिबजादा फरहान ६५ रन बनाएर आउट भए।
भारतका लागि रियान परागले २ लगातार बलमा २ विकेट लिए। उनले २८ औँ ओभरको पहिलो बलमा ओम्यार बिन युसुफ ३५ रन र अर्को बलमा कासिम अकरमलाई शून्यमा पबेलियन फर्काए। त्यसैगरी राभर्दन हङगरगेकरले पनि २ विकेट लिन सफल भए।उता, भारतका लागि बलिङतर्फ राजवर्धन हङ्गर गेकरले २ र रियान परागले समान २ विकेट लिएका थिए। इमर्जिङ कपमा लगायता जित निकालेसँगै पाकिस्तान ए ले भारतमाथि आगामी सेप्टेम्बरमा हुने एसिया कपमा पनि आफ्नो चुनौती बलियो रहने सन्देश दिएको छ। इमर्जिङ कपमा जस्तै एसिया कपमा पनि नेपाल, भारत र पाकिस्तान एकै समूहमा रहेका छन्।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २९, २०८२रामधुनीमा राम सिता सहितकाे निम कोरोलि बाबा मन्दिर तथा धर्मशाला निर्माण सुरू
-
ताजा बैशाख २९, २०८२आज वैशाख शुक्ल पूर्णिमा : चण्डी पूर्णिमा, उँभौली पर्व मनाईँदै
-
ताजा बैशाख २९, २०८२बुद्ध जयन्तीको कार्यक्रममा सहभागी हुन लुम्बिनी पुगे प्रधानमन्त्री
-
ताजा बैशाख २९, २०८२झापाका रैथाने जङ्गली हात्तीको पहिचान र नामकरण
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
Comments