
भारतको मणिपुरमा पहिरो खस्याे : रेलमार्ग निर्माणमा खटिएका२४ जनाकाे पुरिएर मृत्यु : ३८ जना बेपत्ता
- असार १८, २०७९ मा प्रकाशित
काठमाडाैं । भारतको मणिपुरमा पहिरोमा परी मृत्यु भएकाहरूको सङ्ख्या बढेर २४ पुगेको छ । रेल मार्ग निर्माण कार्य भइरहेको मणिपुरको नोनी भन्ने ठाउँमा घटना भएको हो । पहिरोमा परी शनिबार सम्म २४ जनाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् ।
उनीहरूका अनुसार पहिरोका कारण अरु ३८ जना अझै पनि बेपत्ता नै रहेका छन् । ती मध्ये १२ जना प्रादेशिक सेनाका व्यक्ति रहेका छन् भने २६ जना सर्वसाधारण रहेका छन् ।बेपत्ता भएका सबैको खोजी कार्य भइरहेको जनाइएको छ ।खोजी तथा उद्धारका लागि सेना, आसाम राइफल्स, प्रादेशिक सेना, स्थानीय स्वयंसेवक, उद्धारकर्ता र सरकारी अन्य अधिकारीहरू खटिएका छन् ।
घटनास्थलबाट प्रादेशिक सेनाका १३ जना र स्थानीय बासिन्दा पाँच जनालाई उद्धार गरिएको छ । मृत्यु भएका मध्ये प्रादेशिक सेनाका १८ जना र स्थानीय छ जना गरी २४ जनाको शव निकालिएको अधिकारीहरूले जनाएका छन् । मृत्यु भएका मध्ये १४ जनाको शव सम्बन्धितको आफन्तलाई बुझाइसकिएको छ । अरुको पनि पठाउने प्रक्रिया चलिरहेको जनाइएको छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments