
भाइलाई हराउँदै दाजु बने वडाध्यक्ष
- जेष्ठ १, २०७९ मा प्रकाशित
इटहरीः इलामको रोङ गाउँपालिका १ मा नेपाली कांग्रेसका उम्मेदवार आफ्नै भाइलाई पराजित गरी वडाध्यक्षमा निर्वाचित भएका छन् ।
मनोहरी खड्का आफ्ना भाइ नेकपा एमालेका उम्मेदवार मनोज खड्कालाई पराजित गरी वडाध्यक्ष बनेका हुन् । आफ्ना निकटतम प्रतिद्वन्द्वीका रुपमा प्रतिस्पर्धामा रहेका मनोजलाई दाजु मनोहरीले चार सय ८८ का विरुद्ध ६ सय १० मत ल्याई पराजित गरेका हुन् । उनीहरुबीच दुई सय १२ मतको अन्तर छ ।
सो वडामा दलित महिलातर्फ एमालेकी लक्ष्मी नेपाली, महिलामा कांग्रेसका मनमाया राई, खुल्लामा कांग्रेसकै रेशबहादुर राई र हेमु थापा निर्वाचित भएका छन् । वडाको मतगणना सकिदा गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार सुवास तामाङले २१३ मतको अग्रता बनाएका छन् ।
एमालेको मेहरमान तामाङले ४८४ मत ल्याउदा नेपाली कांग्रेसका सुवास तामाङले ६९७ मत पाएका हुन् । उपाध्यक्षमा पनि कांग्रेसको अग्रता छ । एमालेको उम्मेदवार विष्णु खवासभन्दा कांग्रेसकी कल्पना खनाल भण्डारीले ५१ मत बढी पाएकी छन् । कल्पनाले ६११ मत पाउँदा विष्णुले ५६० मत पाएका छन् ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments