
भरतपुर महानगर मेयर र उपमेयरमा क-कसले दिए उम्मेदवारी ?
- बैशाख १३, २०७९ मा प्रकाशित
चितवन: ३० वैशाखमा हुन लागेको स्थानीय तहको निर्वाचनका कार्यक्रमअन्तर्गत ११ र १२ वैशाखमा मनोनयन दर्ताको काम सम्पन्न भएको छ । भरतपुर महानगरपालिकाको मेयरका लागि ३० र उपमेयरका लागि १३ जनाले मनोनयन दर्ता गराएका छन् ।
भरतपुरको मेयरमा विभिन्न दलका १६ जना र स्वतन्त्रतर्फका १४ जनाले मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरका प्रमुख निर्वाचन अधिकृत प्रकाशकुमार अधिकारीले जानकारी दिए । उपमेयरमा विभिन्न दलका नौ जना र स्वतन्त्रतर्फका चार जनाले उमेदवारी दिएका छन् ।
मेयरमा क-कसले दिए उमेदवारी ?
एमालेबाट विजय सुवेदी, माओवादी केन्द्रबाट रेणु दाहाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट गणेश गिरी, विवेकशील साझा पार्टीबाट प्रविन काफ्ले, राष्ट्रिय जनमोर्चाबाट भक्तिराम गौतम शर्मा, नेपाल मजदूर किसान पार्टीबाट हरिप्रसाद दुवाल र माक्सवादी लेनिनवादीबाट सूर्यप्रसाद रेग्मीले मेयरमा उमेदवारी दर्ता गराए ।
राष्ट्रिय जनमुक्ति पार्टीबाट ज्ञानबहादुर गुरुङ, मंगोल नेशनल अर्गनाइजेशनबाट टेकबहादुर पुनमगर, राष्ट्रिय नागरिक पार्टीबाट पूर्णबहादुर गुरुङ, जनमत पार्टी (जपा)बाट संजयकुमार ठाकुर, मौलिक जरोकिलो पार्टीबाट विनोदकुमार गिरी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट लक्ष्मण अधिकारी, उन्नत लोकतन्त्र पार्टीबाट दिपेन्द्र बास्तोला, नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीबाट सुरेन्द्र परियार र सामाजिक एकता पार्टीबाट खेम प्रसाईंले उमेदवारी दिए ।
स्वतन्त्रतर्फबाट रुद्र प्रसाई, उद्वव अर्याल, रामकृष्ण ओझा, सुमन अधिकारी, योगलाल श्रेष्ठ, जगन्नाथ पौडेल, कुलराज कँडेल, दुर्गाप्रसाद शर्मा, शरिशरण श्रेष्ठ, रमेश भण्डारी, मिलन अधिकारी, मोहित पाण्डे, यामकान्त शर्मा कँडेल र हरिश्चन्द्र घिमिरेले मेयरमा उमेदवारी दिएका छन् ।
उपमेयरमा क-कसले दिए उमेदवारी ?
कांग्रेसबाट चित्रसेन अधिकारी, विवेकशील साझा पार्टीबाट पुष्पा सापकोटा, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट हिमला गुरुङ, राष्ट्रिय जनमोर्चाबाट देवी शर्मा, नेपाल कम्युनिष्ट पार्टी (माक्सवादी लेनिनवादी)बाट इन्दिरा शर्मा गौली, राष्ट्रिय जनमुक्ति पार्टीबाट मीना मगर, मंगोल नेशनल अर्गनाइजेशनबाट सुस्मा तामाङ, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट कल्पना थापा र नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीबाट कौशिला खत्रीले उपमेयरमा उमेदवारी दिए ।
स्वतन्त्रबाट रविचन्द्र अधिकारी, पवित्रा जोशी, चन्द्रबहादुर तामाङ र भोजराज कौडालले उपमेयरमा उमेदवारी दर्ता गराएका मुख्य निर्वाचन अधिकृत अधिकारीले जानकारी दिए । निर्वाचन कार्यतालिका अनुसार आज मनोनयन दर्ता गरेका उमेदवारको विरोधमा उजुरी दिन सकिन्छ ।
आचारसंहिताको व्यापक उल्लघंन
सोमबार मनोनयन दर्ताका क्रममा दलले निर्वाचन आचारसंहिता व्यापक रुपमा उल्लघंन गरे । सत्ता गठबन्धनका उमेदवारले मनोनयन दर्ता गर्ने क्रममा बागमती प्रदेशका बहालवाला मन्त्री घनश्याम दाहाल पनि निर्वाचन अधिकृतको कार्यालयमा पुगे ।
उनले आफू चढ्ने सरकारी गाडी जिल्ला समन्वय समितिको परिसरमा राखेर निर्वाचन अधिकृतको कार्यालयमा पुगेका हुन् ।
उनी माओवादी केन्द्रका नेतासमेत हुन् । सरकारी सेवासुविधा लिइरहेका सरकारका मन्त्री र सरकारी कर्मचारीले सरकारी सवारीसाधन लिएर कुनै दलको उमेदवारको प्रचारप्रसारमा हिँड्न पाइँदैन । त्यस्तो कार्य निर्वाचन आचारसंहिताविपरीत मानिन्छ ।
गठबन्धनकै दल कांग्रेसका नेता कार्यकताले पनि आचारसंहिता उल्लघंन गरे । उनीहरुले मुख्य निर्वाचन अधिकृतको कार्यालयभित्रै पार्टीको झण्डा लिएर पुगे । कार्यालयभित्र झण्डा भेटेपछि जिल्ला निर्वाचन कार्यालय चितवनका प्रमुख भीमसेन कार्कीले झण्डा हटाउन सुरक्षाकर्मीलाई निर्देशन दिएका हुन् ।
एमालेका कार्यकर्ताले पनि निर्वाचन आचारसंहिताविपरीत कार्य गरे । उनीहरुले पार्टीको चुनाव चिह्न अंकित टोपी र व्याच लगाएर निर्वाचन अधिकृतको कार्यालयमा प्रवेश गरे ।
निर्वाचन आचारसंहिता पालना गर्ने प्रतिवद्धता जनाएका ठूला भनिएका दलले नै आचारसंहिता उल्लघंन गर्न सुरु गरेका छन् । त्यसलाई नियमन गर्ने निकाय निर्वाचन आयोग पनि सक्रिय भएको पाइँदैन । -न्युज कारखाना

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments