
भद्रपुरका १७ बिपन्न परिवारलाइ पक्की घर हस्तान्तरण
- बैशाख ११, २०८० मा प्रकाशित
झापा । झापाको भद्रपुरमा ओमप्रकाश गोयल कोलोनी मार्गको उद्घाटनसँगै विपन्न परिवारलाई १४ वटा पक्की घर हस्तान्तरण गरिएको छ ।झापा उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष ओमप्रकाश गोयलको स्मृतिमा उनका भाइहरू महावीर, दिनबन्धु र राजकुमार गोयलले भद्रपुर नगरपालिका–६ भतियावारीमा विपन्न परिवारलाई पक्की घर बनाइदिनुका साथै कोलोनी मार्ग निर्माण गरेका थिए ।
आइतबार अक्षय तृतीयाको अवसर पारेर राष्ट्रियसभा सदस्य गोपालकुमार बस्नेत र भद्रपुर नगरपालिका प्रमुख गणेश पोखरेलले सो कोलोनी मार्गको उद्घाटन गर्दै विपन्न परिवारलाई घर हस्तान्तरण गरेका थए । सो बस्तीमा बसोबास गर्ने आदिवासी/जनजाति समुदायका विपन्न परिवारलाई गोयल दाता परिवारले लस्करै एउटै किसिमका १४ वटा घर बनाइदिएका हुन् ।
आफ्नै जग्गामा नयाँ घर पाउनेहरू राजो माझी, श्याम माझी, रमेश माझी, नारायण राजवंशी, फूलकुमार राजवंशी, प्रमीला राजवंशी, भेलासरी राजवंशी, सुमित्रा माझी, लखन माझी, रवीन माझी लगायत रहेका छन् । निर्मला राजवंशी र विजयकुमार माझीले पक्की घर बनाइसकेको उनीहरूको घरको मर्मत सम्भार र रंगरोगन गरिएको थियो ।
नयाँ घर पाएपछि उनीहरू दङ्ग परेका छन् । दाता परिवारले ६० लाखभन्दा बढी खर्चिएर घरहरू बनाइदिएको बताइएको छ । भद्रपुर –६ नम्बर वडा अध्यक्ष रतिया राजवंशीको अध्यक्षता भएको कार्यक्रममा राष्ट्रियसभा सदस्य बस्नेत, नगर प्रमुख पोखरेल, उपप्रमुख राधा कार्की, नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य उमेश डालमिया, झापा उद्योग वाणिज्य सङ्घका अध्यक्ष नवराज पनेरु, सहायक प्रमुख जिल्ला अधिकारी विश्वराज नेपाल, ४ नम्बर वडा अध्यक्ष हंशधर राजवंशी, शंकरलाल अग्रवाल, तुलाराम राजवंशी, लखन माझी लगायतले मन्तव्य राखेका थिए ।
स्वागत मन्तव्य दाता तथा समाजसेवी दीनबन्धु गोयलले राखेको कार्यक्रमको सञ्चालन गोपाल गिरीले गरेका थिए ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ १, २०८२मोरङमा हाइटेन्सन लाइनबाट वैवाहिक स्थलमा करेन्ट प्रवाह हुँदा २ महिलाको मृत्यु, १ घाइते
-
ताजा जेष्ठ १, २०८२दयाहाङ भन्छन्- ‘महाभोज’ सहकारी पीडित जनताको कथा हो
-
ताजा जेष्ठ १, २०८२‘विश्वकै गरिब राष्ट्रपति’ होसे मुहिकाको निधन
-
ताजा जेष्ठ १, २०८२काठमाडौं बागबजारमा बलात्कारपछि युवतीको हत्या आरोपमा भूपू सैनिक पक्राउ
-
ताजा जेष्ठ १, २०८२रविको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश सुवेदी र मुसलमानको इजलासमा
Comments