
भदौ १५ देखि १७ गते सम्म हुने प्रदर्शनीमा महिलाले गरेका उत्पादनदेखि विभिन्न परिकार र जातीय पहिचानलाई जोडेका छौं – अध्यक्ष पराजुली
- भाद्र १४, २०८० मा प्रकाशित

इटहरी । उद्योग वाणिज्य संघ इटहरी महिला उद्यमी समितिको आयोजनामा इटहरीको लायन्स भवनमा भदौ १५ देखि १७ गते सम्म महिला उद्यमशिलता प्रदर्शनी हुँदैछ । प्रदर्शनी आयोजकको अभिभावकीय भूमिका निर्वाह गर्दै आएको उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष जीवन पराजुली महिला उद्यमशिलता प्रदर्शनीको बारेमा के भन्छन् । सूचना पोर्टलकर्मी पत्रकार तारा भट्टराईसँगको बातचित ः
उद्योग वाणिज्य संघ इटहरीले नै महिला उद्यमशिलता प्रदर्शनी गर्न लागेको हो ?
– यो प्रदर्शनी उद्योग वाणिज्य संघले लगाएको भन्दा पनि हाम्रो संस्थामा विभिन्न समिति उप समिति छन् । महिला उद्यमी समितले प्रदर्शनीको आयोजना गरेको हो । प्रदर्शनीको मुख्य उदेश्य भनेको एउटा व्यवसायहरुको संस्था भएका कारण कोशी प्रदेशका महिलाहरूले उत्पादन गरेका घरेलु सामाग्रीहरुको बजारीकरण हुन नपाई राखेका कारण यो आर्थिक मन्दीमा परेका बेला उहाँहरुले बजार पाउन नसकेको होला भन्ने लागेर महिलाहरुको उत्पादन सामाग्री हरुलाई बजारीकरण गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तर सम्म पु¥याउने उद्देश्यले प्रदर्शनीको आयोजना गरिएको हो ।
यति वेला आर्थिक मन्दी जस्तै भएको छ । महोत्सव सफल होला ?
–हामी व्यापारीका संस्थाले गर्ने भनेकै यस्तै वेला व्यवसायीलाई सहयोग गर्ने हो । विशेष गरी आउदै गरेको चाडवाड तिज,दशै तिहार,छठ लाई लक्षित बनाएर महिलाहरुको उत्पादन गरेका अचार धागो कपडा अन्य सामाग्रीहरु बिक्री होस् र महिला उद्घमीहरुलाई उत्साह र टेवा पुगोस् भन्ने हाम्रो चाहाना हो ।
प्रदर्शनीमा कहाँ कहाँबाट के के उत्पादनहरु प्रदर्शनीमा राखिने छ ?
– यो प्रदर्शनीमा तपाई हामीले कोशी प्रदेश र अन्य जिल्लाका पनि विशेष उत्पादनहरु पाउनु हुनेछ । दैनिक जसो घर परिवारमा आवश्यक पर्ने सामानहरु र त्यसमा पनि महिलाले उत्पादन गरेका सामानहरुलाई प्राथमिकतामा रखेका छौं । यस्तो प्रदर्शनी पहिला पनि हुने गरेको थियो । उद्योग वाणिज्य संघमै पनि यस्ता प्रदर्शनी गरिएकोमा अहिले केही वृहत र फराकिलो बनाउने उदेश्यले इटहरीको लाइन्स भवनमा गर्न लागिएको हो । भदौ १५ देखि १७ गते सम्म हुने प्रदर्शनीमा विभिन्न परिकार र जातीय पहिचानका खानेकुरा देखि उत्पादनलाई जोड्ने छौं ।
प्रदर्शनीमा कति वटा स्टल रहने छन् ?
– लगभग सय ओटा जति स्टल बन्छन् । व्यवसायीहरुलाई अझ राम्रो होस भनेर भ्रमण गर्दा मनोरञ्जनात्मक होस भनेर प्रत्येक टोलविकास संस्था हरुलाई चै संस्कृतिक नाचगान तयारी गर्न लगाएका छौ । यस पटक टोल विकासलाई पनि सहभागिताको लाग आग्रह गरेका छौं ।
आर्थिक व्यवस्थापन कसरी गर्दै हुनुहुन्छ ?
– हामीलाई यस्तो बेलामा आर्थिक व्यवस्थापन निकै कठिनाई छ । तर, यसो भन्दैमा कार्यक्रम रोक्ने कुरा भएन । त्यसमा पनि महिलाको उत्पादनसँग जोडिएको विषयलाई व्यवसायिककरण गर्ने योजना छ । महिला उद्यमीको यो प्रयासलाई संघले सम्पूर्ण कोणबाट सहयोग गरिने रहेको छ । प्रदर्शनीको संयोजक विना ढकाल हुनुहुन्छ । उहाँको नेतृत्वमा पनि टिम छ । हामी पनि सहयोग गरिनै रहेका छौं । म सबैलाई आग्रह गर्न चाहन्छु । यो प्रदर्शनी प्रदर्शनीको लागि मात्र हुने छैन । उपलब्धी मुलक हुनेछ र सबैजनाले सहाभगिता जनाएर सफल बनाउनु हुनेछ भन्ने विश्वास लिएको छु ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments