
भक्तपुरमा आफ्नै बाबुबाट १४ वर्षीया छोरी गर्भवती
- चैत्र १८, २०७९ मा प्रकाशित

सांकेतिक तस्वीर
भक्तपुर । भक्तपुरमा महोत्तरीको बर्दिबास घर भएकी एक किशोरी आफ्नै बुबाको बलात्कारबाट गर्भवती भएको घटना बाहिरिएको छ ।
बर्दिबास–११ खयरमारा घर भई हाल भक्तपुरको ठिमी बस्दै आएका ३४ वर्षीय एक व्यक्तिले आफ्नै १४ वर्षीया छोरीलाई पटक–पटक करणी गरेर गर्भवती बनाएको खुलेको हो । परिवारका सबै सदस्यसँग ठिमी बस्दै आएका ती पुरुषले श्रीमतीको आँखा छलेर छोरीमाथि बलात्कार गर्दै आएको प्रारम्भिक अनुसन्धानमा देखिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डीएसपी दिलिप गिरीले जानकारी दिएका छन् । घटना भक्तपुरबाट महोत्तरी गएका बेला खुलेको हो । आमा नभएको मौकामा बाबुले आफूलाई पटक–पटक बलात्कार गर्दै आएको बयान किशोरीले प्रहरीलाई दिएकी छन् ।
केही महिनादेखि परिवारसहित भक्तपुरको ठिमीमा बस्दै आएका ती पुरुष नजिकैको इँटा भट्टामा काम गर्थे । आमा छोरी महोत्तरी घर आएको बेला घटना बाहिरिएको गिरीले जानकारी दिए । शुक्रबार बर्दिबास अस्पतालमा किशोरीको स्वास्थ्य परीक्षण गर्दा उनको पेटमा तीन महिना बढीको गर्भ रहेको खुलेको पाइएको डीएसपी गिरीले जानकारी दिए । उनले भने, ‘किशोरीले गर्भ आफ्नै बुवाको रहेको बताएकी छन् । घटना भक्तपुर ठिमीमा भएकाले यसको सबै अनुसन्धान अब भक्तपुर प्रहरीले नै गर्नेछ । हामीले प्रारम्भिक अनुसन्धान मात्र गरेका छौँ’, उनले भने ।
केही महिनादेखि परिवारसहित भक्तपुरको ठिमीमा बस्दै आएका ती पुरुष नजिकैको इँटा भट्टामा काम गर्थे । आमा छोरी महोत्तरी घर आएको बेला घटना बाहिरिएको गिरीले जानकारी दिए । शुक्रबार बर्दिबास अस्पतालमा किशोरीको स्वास्थ्य परीक्षण गर्दा उनको पेटमा तीन महिना बढीको गर्भ रहेको खुलेको पाइएको डीएसपी गिरीले जानकारी दिए । उनले भने, ‘किशोरीले गर्भ आफ्नै बुवाको रहेको बताएकी छन् । घटना भक्तपुर ठिमीमा भएकाले यसको सबै अनुसन्धान अब भक्तपुर प्रहरीले नै गर्नेछ । हामीले प्रारम्भिक अनुसन्धान मात्र गरेका छौँ’, उनले भने ।डीएसपी गिरी स्वास्थ्य परीक्षणमा किशोरीको पेटको गर्भ पतन गर्न सक्ने अवस्थामा रहेको जानकारी दिएका छन् । पीडित किशोरीकी आमाका अनुसार विगत तीन महिनादेखि रजश्वला नभएपछि शंका लागेर छोरीलाई सोधीखोजी गर्दा आफूमाथि बुवाले पटक–पटक बलात्कार गरेको बताएकी हुन् ।
पीडित किशोरी परिवारकी जेठी छोरी रहेको र उनी स्कुल नजाने गरेको प्रहरीले बताएको छ । उनका एक भाइ र एक बहिनी छन् । गएको कात्तिकमा आफूलाई बुवाले पहिलो पटक आमा नभएको बेला बलात्कार गरेको बयान किशोरीले दिएकी छन् । करणीको विषयमा कसैलाई जानकारी गराए परिवारका सबै सदस्यलाई मारिदिने धम्की बुवाले दिएकाले आफूले लामो समयदेखि घटना लुकाएर राखेको किशोरीले बयानमा बताएकी छन् ।#बलात्कार

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २९, २०८२रामधुनीमा राम सिता सहितकाे निम कोरोलि बाबा मन्दिर तथा धर्मशाला निर्माण सुरू
-
ताजा बैशाख २९, २०८२आज वैशाख शुक्ल पूर्णिमा : चण्डी पूर्णिमा, उँभौली पर्व मनाईँदै
-
ताजा बैशाख २९, २०८२बुद्ध जयन्तीको कार्यक्रममा सहभागी हुन लुम्बिनी पुगे प्रधानमन्त्री
-
ताजा बैशाख २९, २०८२झापाका रैथाने जङ्गली हात्तीको पहिचान र नामकरण
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
Comments