
ब्रान्डेड भन्दै कम गुणस्तरका सामग्री बिक्री गर्ने बराल प्रकाउ
- माघ २५, २०७८ मा प्रकाशित
काठमाडौं: ब्रान्डेड भन्दै बर्दियाका विद्यालयहरूमा उच्च मूल्यमा कम गुणस्तरका विद्युतीय तथा स्टेसनरी सामग्री बिक्री गरी ठगी गरेको अभियोगमा पोखरा महानगरपालिका-२५ का ३९ वर्षीय प्रकाश बराल क्षेत्रीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेकाे छ ।
केही विद्यालयमा क्षेत्रीले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको नाम प्रयोग गर्दै साइबर एन्ड लाइब्रेरी नाम गरेको कम्पनीको नाममा केही प्रविधिसँग जानकार नभएका विद्यालय तथा संघ संस्थालाई भ्रममा पार्दै कम गुणस्तरका विद्युतीय तथा स्टेसनरी सामग्रीहरू उच्च मूल्यमा बिक्री गरेको भन्ने सूचना प्राप्त हुनासाथ प्रहरीले गुलरिया नगरपालिका-६ स्थित बंगलामुखी विद्यालय परिसरमा उक्त सामग्री बिक्री वितरण गरिरहेको अवस्थामा फेला पारी पक्राउ गरे ।
क्षेत्रीबाट एक लाख ९२ हजार रुपैयाँ, विभिन्न बैंकका चेक तीन थान, साइबर एन्ड लाइब्रेरीकाे नाममा रहेको बिल चार थान, प्रिन्टर १९ थान, मनिटर १९ थान, सिपियु १९ थान, प्रोजेक्टर १७ थान, पेनड्राइभ १७ थान, क्याल्कुलेटर १७ थान, राइटिङ बोर्ड २० थान, सिसिटिभी १८ थान, किबोर्ड १९ थान, नेपाली बृहत् शब्दकोष सात थान, अक्सफोर्ड किताबलगायतका विभिन्न शब्दकोष ३० थान, विभिन्न पुस्तक र क्यालेन्डर भएको कार्टुन २९ थान प्रहरीले बरामद गरेकाे छ । यस सम्बन्धमा प्रहरीको थप अनुसन्धान जारी छ । -न्युज कारखाना

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments