
ब्यवस्थापन अभावले संकटमा जङ्ग्ली जनावर : एक वर्षमा ५ ओटा हात्ती मरे
- पुष ११, २०७९ मा प्रकाशित
इटहरी । सुनसरीसहित प्रदेश १ मा एक वर्षमा पाँच वटा जङ्गली हात्तीको मरेका छन् । प्रदेश १ को झापा, सुनसरी र उदयपुर गरेर तीन जिल्लामा वर्षमा पाँच वटा हात्ती मरेका हुन् । कोसीटप्पु वन्यजन्तु आरक्षका संरक्षण अधिकृत रमेश यादवका सबै हात्ती करेन्ट लागेर मरेको पाइएको छ । यादवकाअनुसार प्रत्येक वनक्षेत्रमा हात्ती जोखिममा छन् ।
कोसीटप्पु वन्यजन्तु आरक्षसम्म भारतको आसामबाट आउने हात्तीको आक्रमणबाट र स्थानीयले थापेको विद्युतीय धरापमा परेर हात्ती मर्ने गरेका छन् । यादवका अनुसार शुक्रबार मात्रै वराहक्षेत्र २ को कौशिका सामुदायिक वन क्षेत्रभित्र समेत जङ्गली हात्ती मृत अवस्थामा भेटिएको छ । योसहित झापामा दुई, सुनसरीमा दुई र उदयपुरमा एक गरेर प्रदेश १ का तीन जिल्लामा पाँच जङ्गली हात्ती मरेका हुन् ।
वन्यजन्तु र मानव द्वन्द्वमा कारणले प्रदेश १ को झापा, सुनसरी र उदयपुरमा जिल्लामा एक वर्षमा पाँच र १६ महिनामा सात वटा जङ्गली हात्तीको ज्यान गएको आरक्ष क्षेत्रका स्थानीय हरि यादवले बताए ।
उता सुनसरीको वराहक्षेत्र २ स्थित कौशिका सामुदायिक वन क्षेत्रभित्र मृत भेटिएको हात्तीको पशु भेटेनरी तथा विज्ञसहितको टोलीले पोस्टमार्टम गरेको केन्द्रका चिनेश्वर मेहताले जानकारी दिए । सब डिभिजन वन कार्यालय नडाहाका रेन्जर लेखनाथ भण्डारीका अनुसार अन्दाजी ३०–४० वर्षको देखिने हात्ती शुक्रबार बिहान मृत अवस्थामा भेटिएको थियो । कोसीटप्पु वन्यजन्तु आरक्षको विज्ञ टोलीसहित वन कर्मचारी, प्रहरी, जनप्रतिनिधि र स्थानीयको रोहवरमा मुचुल्का उठाइएको थियो ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ३, २०८२ताप्लेजुङबाट एक वर्षअघि हराएका ११ ल्यापटप माटोमा गाडिएको भेटियो
-
ताजा जेष्ठ ३, २०८२बंगालको खाडी र अरब सागरको हावा नेपालमा : वर्षा र हिमपातको सम्भावना
-
ताजा जेष्ठ ३, २०८२रविन्द्र मिश्रलाई जिल्लामा हतकडी, सर्वोच्चमा खाली
-
ताजा जेष्ठ ३, २०८२आफ्नै उत्पादनसँग बजारीकरण र वितरणलाई अन्तरसम्बन्धित बनाउन निर्देशन
-
ताजा जेष्ठ ३, २०८२साउदीमा कामविहीन नेपाली कामदारलाई स्वदेश फर्काउने पहल सुरू
Comments