
बेहुली चै सिंगारिदै इटहरी : मुख्य चाैकमा पहिचान झल्किने प्रतिमा राखिने
- असार ३०, २०७९ मा प्रकाशित
इटहरी । स्थानीय निर्वाचन सम्पन्न भइ चुनिएका जनप्रतिनिधिहरूले कामै नगरी बसेको धेरै समाचारहरू बाहिरिरहेको बेला सुनसरीको इटहरी उपमहानगरमा भने बिदाको दिन पनि जनप्रतिनिधिहरू आफै मैदानमा खटिरहेको पाइएको छ ।
जनप्रतिनिधिहरूकै सकृियताले अहिले इटहरीको मुख्य चौक नै परिवर्तन भएको देख्न सकिन्छ । मुख्य चौकमा कसको शालिक राख्ने भनेर बिवाद भइरहेको बेला अहिले चारैतिर रंगरोगन र हेर्दै मनोरम देखिने चिटिक्क बनाइएको छ ।
उपमहानगरले ७ लाख रकम बिनियोजन गरी चौकलाइ सजाउने काम गरेको हो । अहिले बाहिरबाट आउने आगन्तुकहरूकालागि यो चौक मुख्य आकर्षक देखिन थालिएको छ । यसैबिच सालिक राख्ने बिवाद चर्किरहेको बेला उपमहानगरले पहिचान झल्किने र सबैलाइ मान्य हुने प्रतिमा राख्ने भएको छ ।
इटहरीको इतिहाससँग जोडिएको पहिचान झल्किने र सबैको प्रतिनिधित्व हुनेगरि प्रतिमा राखिने उपमानगरले जनाएको छ । इटहरीको मुख्य चोकमा हाई रिजोलुसनको सिसी क्यामेरा जडान भएको छ भने ट्राफिक लाइट समेत जडान भइसकेका छन ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments