
बेलायतमा आगलागीमा परी नेपाली दिदी–बहिनीको मृत्यु
- माघ १९, २०८० मा प्रकाशित

एजेन्सी । स्कटल्याण्डको एबर्डिनमा आगलागीमा परी दुई नेपाली दिदी–बहिनीको ज्यान गएको छ । एबर्डिनको ब्याक हिल्टन रोडमा बस्दै आएका आँचल सुवेदी र शिक्षा सुवेदीको सोमबार साँझ भएको आगलागीमा मृत्यु भएको स्थानीय प्रहरीले पुष्टी गरेको छ । शिक्षा २४ वर्ष र आँचल २८ वर्षका हुन् । उनीहरुका पिता पोखरा युनिभर्सिटीका पूर्व प्राध्यापक डा यज्ञप्रसाद सुवेदी हुन् ।
आगलागीका कारण धुँवाको मुस्लोमा निसास्सिएर सुवेदी दिदीबहिनीले ज्यान गएको एबर्डिनस्थित नेप्लिज हिमालयन एशोसिएसन स्कटल्याण्डका अध्यक्ष डा. शिव तिवारीले जानकारी दिएका छन् । उनीहरु बस्ने फ्ल्याट दोस्रो तलामा थियो भने सोही भवनको पहिलो तलामा साँझ ६ बजेको समयमा आगलागी सुरु भएको थियो । आगलागी भएको थाहा पाउने बित्तिकै हतार–हतार तल झरेर बाहिरिन खोज्दा उनीहरु धुँवाको ठूलो मुस्लोमा निसास्सिएपछि भूईं तलाको ढोका खोल्न नपाउँदै बेहोस भएर ढलेका थिए ।
आगो सुरु भएलगत्तै आएका अग्नीनियन्त्रकले भवनका उपल्लो तलाका अन्य फ्ल्याटमा रहेका मानिसहरुको सफल उद्धार गरे पनि भुईं तलामा बेहोस दिदीबहिनीको उद्धार हुन नपाइ मृत्यु भएको थियो । पाँच मिनेटभित्रै दिदीबहिनीको मृत्यु भएकाले उद्धार सम्भव नभएको डा. तिवारीले बताएका छन् । आगलागी कसरी सुरु भयो भन्ने खुलेको छैन तर प्रहरीले घटना शंकास्पद नदेखिएको जनाएको छ ।
परिवार निकट स्रोतले अस्पतालमा पोस्टमार्टम र प्रहरी अनुसन्धानको औपचारिकता पूरा भएको र आगामी साता मंगलबार दिदीबहिनीको अन्त्येष्टि गर्ने तयारी रहेको जनाएको छ । नेपालमा पोखरा घर भएका सुवेदीको परिवार झण्डै दुई दशकदेखि स्कटल्याण्डको एबर्डिनमा बस्दै आएको थियो । उनीहरुका तीन छोरीमध्ये एक आफ्नो जीवन साथीसँग बस्दै आएकी छन् । आगलागीमा ज्यान गुमाउने दुई दिदीबहिनी पनि पछिल्लो समय बाबुआमाको नजिकै छुट्टै फ्ल्याटमा बस्थे । मृतकमध्ये दिदी आँचल इन्जिनियर थिइन् भने आइटी अध्ययन गरेकी बहिनी शिक्षा समुन्द्री तटमा काम गर्थिन् ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments