
बेलबारी गोल्डकप : एपीएफ फाइनलमा,आयोजक बाहिरियो
- कार्तिक २२, २०७९ मा प्रकाशित
इटहरी । विभागीय टिम सशस्त्र प्रहरी बल (एपीएफ) मोरङको लक्ष्मीमार्गमा जारी पाँचौं संस्करणको बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । आयोजक डाँगीहाट युथ क्लबलाई पराजित गर्दै फाइनल प्रवेश गरेको हो । पहिलो सेमिफाइनल खेलमा विभागीय टिम एपीएफले २–१ गोल अन्तरले जित हासिल गरेको थियो ।
फाइनल भीडन्त पक्का गरेको उसले उपाधिका लागि धनकुटाको राजारानी फुटबल क्लब र सिरहाको सहलेस युथ क्लबबीचको विजेतासँग प्रतिस्पर्धा गर्नुपर्ने छ । गोल्डकपका प्रवक्ता नरेन्द्र बस्नेतका अनुसार प्रतियोगिताको अन्तिम सेमिफाइनल खेलमा मंगलबार राजारानी र सहलेसबीच प्रतिस्पर्धा हुने छ ।
घरेलु मैदानमा आयोजकको यात्रामा बाधक बनेको एपीएफले दुवै गोल मध्यान्तरपछि गरेको हो । कप्तान टोप विष्ट र नवीन लामाले एपीएफका लागि गोल गरेका थिए । आशिम राईले सान्त्वना गोल गरे ।
संघर्षपूर्ण खेलको ४९ औँ मिनेटमा टोप विष्टको गोलमार्फत एपीएफले अग्रता लिएको थियो । खेलको ६५ औँ मिनेटमा नवीन लामाले अर्को गोल गरे । आयोजकका काशिम राईले खेलको ७२ औँ मिनेटमा सान्त्वना गोल फर्काएका थिए । पहिलो सेमिफाइनल खेलको म्यान अफ दी म्याच एपीएफका कप्तान टोप विष्ट घोषित भए ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments